बुधबार, भदौ २५, २०८२

एमसिसी  बिरुद्ध बागलुङ बजारमा राष्ट्रिय जनमोर्चाको बिराेध सभा सम्पन्न

तिलक थापा बागलुङ बजार

राष्ट्रिय जनमाेर्चा बागलुङले २०७८ फागुन २१ गते एमसिसी  सम्झाैता खारेजीका लागि बिराेध सभा लाेकतान्त्रिक चाेक बागलुङ बजारमा सम्पन्न गरेकाे छ । बिराेध सभालाई संबाेधन गर्दै राष्ट्रिय जनमाेर्चाका केन्द्रीय महासचिव मनाेज भट्टले एमसिसी  परियोजना बिकास याेजनाकाे उदेश्यले अाए जस्तो देखिए पनि याे देशकाे सुरक्षा सैन्य रणनीतिसँग जाेडिएकाे छ । यसले देशकाे सार्वभौम सत्तालाई खतरामा पार्ने बताउनु भयाे । ५५ अर्ब अनुदानकाे नाममा देशकाे राष्ट्रियतालाई बन्धक बनाउन नहुने बताउदै सत्तासिन पार्टीहरुले कार्यकर्ताहरुलाई सडकमा बिराेध गर्न पठाएर अाफुले संदनमा एमसिसि पारित गरेकाे बताउनु भयाे । ठुला दलहरु अमेरिकी साम्राज्यवादी सामु कायरता प्रर्दशन गरे पनि राष्ट्रिय जनमाेर्चा राष्ट्रियता बचाउनका लागि सधै देश र जनताकाे पक्षमा रहेकाे बताउनु भयाे । बिगतमा काेसी, गण्डकी, महाकाली जस्ता राष्ट्रघाती सन्धि सम्झाैता गरेका ठुला दलहरुले देशकाे स्वार्थ भन्दा अाफ्नाे ब्यक्तिगत स्वार्थका लागि बैदेशिक शक्ति केन्द्र सामु घुडा टेकेर एमसिसि सम्झौता पारित गरेकाेले सम्पूर्ण राष्ट्रबादी जनताहरु एमसिसि खारेजीकाे लागि अान्दोलनमा अाउन अाव्हान गर्नु भयाे ।

कार्यक्रममा राष्ट्रिय जनमाेर्चा केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगानाले मन्तब्य राख्नु भएकाे थियो ।
कार्यक्रम राष्ट्रिय जनमाेर्चा बागलुङका सचिव भिमलाल पाेखरेलकाे सञ्चालन गर्नु भएकाे थियाे । बागलुङ बजारमा नारा जुलुस हुँदै लाेकतान्त्रिक चाेकमा पुगेर बिराेध सभामा परिनत भएकाे थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?