बुधबार, भदौ २५, २०८२

राष्ट्रिय जनमाेर्चा बागलुङकाे २दिने प्रशिक्षण भेला सम्पन्न

तिलक थापा बागलुङ

राष्ट्रिय जनमाेर्चा बागलुङकाे फागुन २० र २१ गते २ दिने प्रशिक्षण भेलाकाे २०७८ फागुन २१ गते बागलुङ बजारमा स्थानीय निर्वाचन सम्बन्धी विभिन्न निर्णय गर्दै सम्पन्न भएकाे छ । प्रशिक्षण भेलाकाे समापन कार्यक्रममा बाेल्दै प्रमुख अतिथि महासचिव मनाेज भट्टले राष्ट्रियता र जनजिबिकाकाे मुद्दा माथि पटक पटक कुठाराघात भईरहेकाे छ । यस्ता शक्तिलाई पराजित नगरीकन राष्ट्रियतालाई बचाउन सकिँदैन । यस्तो परिस्थितिमा राष्ट्रिय जनमाेर्चाका कार्यकर्ताहरुकाे भुमिका अत्यन्तै महत्त्वपूर्ण हुने भएकाेले सबै कार्यकर्ताहरु लाई सक्रिय र जुझारु पुर्वक लाग्न अाग्रह गर्नु भयाे । कार्यक्रममा राष्ट्रिय जनमाेर्चा केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगाना,
प्रगतिशील पत्रकार संघका केन्द्रीय सदस्य तारा प्रशाद शर्मा, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य धन बहादुर कुँवर, अखिल नेपाल महिला संघ बागलुङका अध्यक्ष तथा बरेङ गाउँपालिका उपाध्यक्ष दिल कुमारी पुन, सहभागीकाे तर्फबाट प्रगति बुढा, रुद्रा केसी, अमर खत्री लगायतले मन्तब्य राख्नु भएकाे थियाे ।
प्रशिक्षण भेलामा राष्ट्रिय जनमाेर्चा महासचिव मनाेज भट्ट, केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सह ईन्चार्ज गाैरीश्वर पाण्डे, राष्ट्रिय जनमाेर्चा केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगाना, जिल्ला अध्यक्ष अमर थापाले विभिन्न बिषयमा प्रशिक्षण दिनु भएकाे थियाे । भेलाले अमर थापाकाे संयाेजकत्वमा ९ सदस्यीय जिल्ला निर्वाचन परिचालन समिति, तिलक थापाकाे संयाेजकत्वमा १७ सचिवालय रहेकाे १५२५ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति, धर्म कुँवरकाे संयाेजकत्वमा ९ सदस्यीय अार्थिक समिति र भिमसेन वनकाे संयाेजकत्वमा १३ सदस्यीय सचिवालय रहेकाे स्वंयसेवक परिचालन समिति चयन गर्नुका साथै चैत महिना भरीमा पालिका तथा वडा स्तरीय भेला सम्पन्न गर्ने निर्णय गरेकाे छ ।
कार्यक्रम राष्ट्रिय जनमाेर्चा बागलुङका अध्यक्ष अमर थापाकाे अध्यक्षता, सचिव भिमलाल पाेखरेलकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?