बुधबार, भदौ २५, २०८२

साप्ताहिक उदघोषण तालिम सम्पन्न

 

केशर सुनार , प्यूठान । सात दिने उदघोषण तालिम समापन भएको छ । शिबगढी साहित्य संगम कपिलबस्तुको आयोजनामा सञ्चालन भएको उदघोषण तालिम सनिबार सकिएको हो । तालिममा सहभागी प्रशिक्षार्थीलाई उदघोष गर्ने तरिका लगायतका बिषयमा शैद्धान्तिक तथा प्रयोगातक रुपमा प्रशिक्षण गरिएको थियो । तालिममा कपिलबस्तुका बिभिन्न ठाउबाट २५ जनाको हिभागीता रहेको आयोजक संस्थाका अध्यक्ष अर्जुन कुमार पौडेलले बताएका छन ।
आयोजक संस्थाका अध्यक्ष अर्जुन कुमार पौडेलको अध्यक्षता संगै सुरु भएको समापन कार्यक्रममा प्रमुख अतिथी प्रदेश स्तरीय जनप्रतिनिधी अर्जुन कुमार केसी रहेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी केसीले आफुले सिकेका सिपलाई ब्यबाहारमा उतार्नको लागी आग्रह गरेका छन । त्यस्तै बिशिष्ट अतिथीको रुपमा शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारी ,उपप्रमुख शिबकुमारी थारु,प्रमुख प्रशासकिय अधिकृत गणेश अर्याल लगायत अन्य जनप्रतिनिधिको उपस्थिती रहेको थियो ।
शिबराज नगरपालिका कपिलबस्तुकको सहयोगमा सञ्चालन रहेको उक्त तालिम गत फागुन १५ गते देखि शिबराज नगरपालिका वडा नं. १ को कार्यालय परिसरमा सञ्चालन भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?