बुधबार, भदौ २५, २०८२

अमेरिकाले नेपाली जनताका टिठले एमसिसी भित्राएकाे हाेइन-अध्यक्ष खत्री

प्यूठान फाल्गुन २२ गते
झिमरूक गाउँ पालिकाकाे केन्द्र मच्छि बजारमा एमसिसी बिरूद्द प्रदर्शन सहित बिराेध सभा सम्पन्न भएको छ।सभामा बाेल्दै राजमाे लुम्बिनी प्रदेश अध्यक्ष बाेम बहादुर खत्रीले अमेरिकाले नेपाली जनताले बिजुली बेच्न पाएनन् भनेर वा स्तरिय बाटो हिड्न पाएनन् भनेर टिठले एमसिसी ल्याउन खाेजेकाे हाेइनभन्नुभएको छ।
जनतामा छलफल चलिरहेको वेला नेकाले आफ्नाे पुरानो राष्ट्रघाती इतिहास दाेहाेराउदै एक्कासि याे सम्झौता गर्न पुग्यो ।
अमेरिकाले सहयोग मात्र भए यसरी नेताहरूलाई धम्काउने थिएन। नेपालकाे संविधान भन्दा माथि रहेको एमसिसी नेपाल प्रवेश देशको लागि अत्यन्त घातक रहेको बताउदै नेता खत्रीले यसकाे खारेजीको लागि सबै नेपालीलाई सडकमा उत्रन आव्हान गर्नुभयो ।
नेपाल एउटा सार्वभौम सम्पन्न देश भएको बताउदै यदि एमसिसी द्दिपक्षिय परियाेजना हाे भने भारतकाे सहमति हुनै पर्ने कारण के हाे? भनी प्रश्न उठाउनु भयो । याे अमेरिकी साम्राज्यवाद र भारतीय साम्राज्यवादकाे नेपाललाई चीन बिरूद्द उपयोग गरेर शक्ति केन्द्रकाे रणभूमी बनाउन खाेजेकाे बताउनुभयो ।
प्रमुख प्रतिपक्ष एमालेले एमसिसी पास हुन बाट राेक्न सक्दथ्याे,मुखमा चुक्कल लगाएर पास हुन सहयोग गरेर रमिते बन्यो । प्रतिपक्षले सरकारले गर्ने प्रत्येक गलत क्रियाकलाप राेक्ने,देश र जनता प्रति जिम्मेवार बन्नुपर्ने हाे तर देशको दूर्भाग्य प्रमुख प्रतिपक्ष तमाशा मात्रै गरि रह्याे।
याे सम्झौता पछि नेपालले आफ्नाे आज सम्म अपनाउदै आएकाे असंग्लग्न परराष्ट्र नीतिबाट पछि हट्दै अमेरिकी क्याम्पमा सामेल भएको छ। यसकाे दूरगामी र गम्भीर परिणाम देशले भाेग्नु पर्ने निश्चित छ।अत: राष्ट्रघाती एमसिसी सडकबाट खारेज गर्नुकाे विकल्प नभएको बताउनुभयो ।
राष्ट्रघाती पार्टीहरूलाइ बैसाख ३० गते हुने स्थानीय निर्वाचनमा जनताबाट नङ्गाउन सबै कार्यकर्तालाई अनुराेध गर्नुभयो ।
कार्यक्रममा अनेमसंघ कि केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश सांसद तारा जिसी र राजमाे लुम्बिनी प्रदेश समिति सदस्य तथा झिमरूक गापा अध्यक्ष तिलक जिसीले पनि सम्बाेधन गर्नुभएको थियाे।बिराेध सभामा राजमाे केन्द्रीय सदस्य नारायण जिसी, राजमाे प्यूठानका सदस्य द्दय टीका जिसी र सिताराम पाेख्रेल,अनेकिमहासंघका केन्द्रीय सचिव वीर बहादुर जिसी र प्यूठानका अध्यक्ष मीन बहादुर खत्री,जातीय समता समाजका लुम्बिनी प्रदेश अध्यक्ष अइन्द्र विक र जिल्ला सदस्य दिलिप विक,गापा उपाध्यक्ष पवित्रा जिसीकाे पनि आतिथ्यता रहेको थियोे।कार्यक्रमकाे अध्यक्षता राजमाे झिमरूकका अध्यक्ष का०सिद्दिमान जिसीले, स्वागत पूर्व गाविस अध्यक्ष का० रण बहादुर खड्काले र संचालन अखिल(छैंटाै)का महासचिव सुभाष जिसीले गर्नु भएको थियोे ।राजमाेले एमसिसी बिरूद्द एकल रूपमा जिल्लाव्यापी बिराेध कार्यक्रमहरू गरिरहेको छ।प्यूठान नपा लगायत स्थानहरूमा पनि बिराेधसभाहरू सम्पन्न भएकाछन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?