
तिलक थापा बागलुङ
बागलुङ जिल्लाका जैमिनी नगरपालिकामा राष्ट्रिय जनमोर्चाको चुनाव केन्द्रित विषेश भेला सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै राजमो केन्द्रिय सदस्य एवं जिल्ला समन्वय समितीका प्रमुख राजेन्द्र ढुङ्गानाले राष्ट्रघाट तथा जनघाट गर्नेहरुलाई बलियो कार्वाही गर्नको लागी जनमत मार्फत राजमोको निती सिद्धान्तलाई अनुमोदन गर्नको लागी जनतामा जान कार्यकर्तालाई निर्देशन दिएका छन् । कार्यक्रममा थप बोल्दै ढुङ्गानले संघियता चौतर्फी रुपमा असफल भएको भन्दै यसको खारेज अपरिहार्य रहेको जिकिर गरे, साथै एमसीसीमा एमाले काँग्रेस, माओवादी, जसपा सबै मिलेर ठुलो राष्ट्रघाट गरेको भन्दै यसको हिसाव जनताले असुल्ने चेतावनी समेत दिएका छन् ।
कार्यक्रममा, राजमो केसद्धय दिल बहादुर दर्जी, लिलादेवी शर्मा,रक्तिम जिल्ला अध्यक्ष दान बहादुर थापा,जनजाती सम्मेलनका जिल्ला अध्यक्ष लाल बहादुर पुन,किसान संघकाा जिल्ला सचिव विरेन्द्र थापा,शिक्षक संघका नगर अध्यक्ष नारायण आचार्य,जातिय समता समाजका केन्द्रिय सदस्य राम कुमार विक लगायतको उपस्थित रहेको थियो । ा जनजाती पुर्व केन्द्रिय सल्लाहकार नर बहादुर पुन, युवक संघका नगर अध्यक्ष याम पुन लगायतले मन्तव्य राखेका थिए ।
भेलाले नर बहादुर पुनको ७ सदसिस्य संयोजकत्वमा मुल निर्वाचन परिचालन समिती गठन गरेको छ । भागिन्द्र कुमार थापाको संयोजकत्वमा १९ सचिवालय रहेको ५०१ सदसिस्य प्रचारप्रसार समिती,पुर्ण बहादुर थापाको संयोजकत्वमा ११ सदसिस्य स्वयमसेवक परिचालन समिती,दिल बहादुर श्रिसको संयोजकत्वमा ५ सदसिस्य आर्थिक परिचालन समिती गठन गरिएको छ ।
भेला ठाकुर शर्माको सञ्चालन, दिल बहादुर श्रिसको अध्यक्षता, चन्द बहादुर केसीको स्वागत मन्तव्यमा सम्पन्न भएको बताइएको छ ।