बुधबार, भदौ २५, २०८२

राजमो लमहीमा स्थानिय कार्यकर्ता भेला सम्पन्न

 

दिनेश रैदास दाङ ,राजमो लमही नगर अध्यक्ष हरी बहादुर थापाको अध्यक्षता सचिव लेखराज आचार्यको सञ्चालन तथा उपाध्यक्ष तारा खनालको स्वागतबाट शुरु भएको कार्यक्रममा प्रमुख अतिथि राजमो केन्द्रिय उपाध्यक्ष जनकराज शर्माले नगर भेलालाई सम्बोधन गर्दै एमसीसी जस्तो राष्ट्रघाती सम्झौतालाई वर्तमान सरकारले संसदबाट जालझेल गरी पारित गरेको जाहेर गर्दै यो मुद्दालाई स्थानीय निर्वाचनमा जनताको माझमा पुर्याउने जिम्मा राजमोको काँधमा आएको भन्नु भयो ।

त्यसैगरी कार्यक्रममा राजमो जिल्ला सचिव बसन्त शर्मा पौडेल , अखिल नेपाल शिक्षक संघ दाङ जिल्ला अध्यक्ष रुमाल प्रसाद बसेल, मुल प्रभाव अखिल भारत नेपाल एकता समाजका बाबुराम भट्टराई , ठाकुर प्रसाद भण्डारी, बिष्णु बसेल , बसन्ता खनाल लगायतले मन्तब्य राख्नुभएको थियो ।

भेलाले आगामी स्थानीय निर्वाचन लक्षित कार्यक्रम तय गरेको छ । जसमा वडा भेलाहरु, कार्यकर्ता प्रशिक्षण तथा उम्मेदवार छनौट प्रक्रियाहरुको थालनी गर्ने जनाइएको छ । भेलाले निर्वाचन परिचालन समिति, प्रचारप्रसार तथा आर्थिक व्यवस्थापन समिति पनि गठन गरिएको राजमो लमही नगरले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?