बुधबार, भदौ २५, २०८२

मोहालीमा मूलप्रवाह को टोल समिति गठन

 

खिमराज चालिसे,
चंडिगढ
२० मार्च २०२२

मूलप्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समिति द्वारा संचालित मोहाली एरिया समिति अन्तर्गत मोहाली सेक्टर ११७ मा मूलप्रवाह को टोल समिति गठन गरिएको छ।

केन्द्रीय सदस्य दिनेश खडकाले मूलप्रवाहको विधान घोषणा-पत्र र विभिन्न समसामयिक विषयहरु मा स्पष्ट पारे पछि गठन गरिएको ११ सदस्सिय “विहानी टिडीआई” टोल समितीको घोषणा नगर उपाध्यक्ष तथा एरिया अध्यक्ष बालाराम न्यौपानेले गर्नुभएको हो।

जस्मा अध्यक्ष गणेश शर्मा, सचिव दिपक विक, कोषाध्यक्ष प्रेम नेपाली, सदस्यहरु मा योगेद्र विक, बालाराम विक, लक्ष्मण नेपाली, चक्र नेपाली, खगेन्द्र नेपाली, गौरेलाल विक , रन बहादुर विक र भिम विक रहनु भएको छ।

कार्यक्रम गणेश शर्मा को अध्यक्षतामा तथा दिपक विकको संचालनमा सम्पन्न भएको हो भने स्वागत प्रेम नेपाली ले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?