बुधबार, भदौ २५, २०८२

प्यूठानी नव गायक गायिकाले लिए लाहुरे बा को घर

 

रमेश बिश्वकर्मा , प्यूठान । प्यूठानी नव गायक गायिकाको लाहुरे बा को घर बोलको गीत सार्बजनिक भएको छ । प्यूठानी नवगायक रामचन्द्र पोख्रेल र गायिका बसन्ता पुनमगरले स्वरबद्ध गरेको लाहरे बा नामक गीत सोमबार मात्र सार्बजनिक भएको छ । गीतमा नेपाली मौलिकता झल्किने र मायाप्रेम भाब ब्यक्त भएको देख्न पाइन्छ । म्युजिक भिडियोमा रमेश विश्वकर्मा ,सन्तोष पौडेल , स्वयम गायक गायिका ,केशब केसी , शुशिला केसी , रिया मगर लगायतको अभिनय रहेको छ । प्यूठान जिल्लाको मल्लरानी गाउपालिका चुदरीखोलाको एक गाउमा म्युजिक भिडियो तयार भएको छ ।
बसन्त भण्डारीको लय तथा शब्दमा तयार भएको उक्त लाहुरे बा को घर गीत प्यूठान अपडेट युटुब च्यानबाट सार्बजनिक गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?