बुधबार, भदौ २५, २०८२

सञ्चार क्षेत्रको प्रवद्र्धनमा स्थानिय सरकारको भुमिका बिषयक अन्तरक्रिया सम्पन्न

 

अनुज पछाई , प्यूठान । सञ्चार क्षेत्रको प्रवद्र्धनमा स्थानिय सरकारको भुमिका बिषयक एक दिने अन्तरक्रिया मङगलबार जिल्ला समन्वयन समितिको सभाहलमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ प्युठानका अध्यक्ष सञ्जय रिजालको अध्यष्क्षतासंगै सुरु भएको कार्यक्रमा बिबिध बिषय माथी छलफल तथा अन्तरक्रिया भएको थियो ।
कार्यक्रममा बोल्ने अधिकासं पत्रकारले सञ्चार अहिले परिबेशमा अताबश्यक जीवनकै अंग जस्तै भएतापनि स्थानिय सरकारले सञ्चार क्षेत्रलाई प्राथमिकतामा राख्न नसकेको बताएका छन । त्यस्तै स्थानिय तहको नजर बाटोमा मात्र पुगेको तर सधै सत्यको पक्षमा कलम चलाउने र आवाज उठाउने पत्रकार र पत्रकारीतामा नपुगेको बताएका छन ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोख्रेल प्रमुख अतिथीको रुपमा उपस्थित भएका थिए । त्यस्तै मललरानी गाउपालिका का अध्यक्ष अमरध्वज राणा ,उपाध्यक्ष सरिता जिसि ,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शुशिल पोख्रेल लगायत जिल्ला स्थित क्रियाशिल पत्रकारको सहभागी रहेको थियो ।
कार्यक्रम नेपाल पत्रकार महासंघ प्यूठान शाखाको आयोजना तथा मल्लरानी गाउपालिकाको सहयोगमा सञ्चालन भएको कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ प्यूठान शाखाका सचिब प्रकाश बैद्यले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?