बुधबार, मंसिर ११, २०८२

सरुमारानीको सबै वडामा निःशुल्क आखाँ शिविर सञ्चालन हुने

 

अनुज पछाई , प्यूठान । जिल्लाको सरुमारानी गाउपालिका प्यूठानमा निःशुलक आखाँ शिबिर सञ्चालन हुने भएको छ । सरुमारानी गाउपालिकाको सबै वडालाई समेटिने गरि चैत्र १२ गते देखि १७ गते सम्म निःशुलक आखाँ शिविर सञ्चाल गरिने सरुमारानी गाउपालिका का प्रमुख प्रशासकिय अधिकृत चिन्तामणी रेग्मीले बताएका छन ।
सरुमारानी गाउपालिका प्यूठानको आर्थिक सहयोग तथा नेपाल नेत्रज्वती संघ लमही आखाँ अस्पतालको प्राबिधिक सहयोगमा शिविर सञ्चालन हुन लागिएको सरुमारानी गाउपालिकाले जनाएको छ ।
चैत्र १२ गते वडा नं. ६ को बुढीचौर आधारभुत स्वास्थ्य चौकी ,१३ गते वडा नं. ३ को हंसपुर स्वास्थ्य चौकी , १४ गते वडा नं. ५ को ढुङगेगणी स्वास्थ्य चौकी , १५ गते वडा नं. १ को बाङगेशाल स्वास्थ्य चौकी मा शिबिर सञ्चालन हुने सरुमारानी गाउपालिकाका स्वास्थ्य शाखाका प्रमुख टेकेन्द्र रायमाझीले बताए ।
त्यस्तै चैत्र १६ गते वडा नं. २ को ददेरी आधारभुत स्वास्थ्य केन्द्र र १७ गते वडा नं. ४ को बड्डाडा आधारभुत स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख रायमाझिले बताएका छन ।
साथै मोतीबिन्दु तथा अन्य आखाँका बिरामीहरुको लमहि आखाँ अस्पतालमा निःशुल्क अप्रेसन गरिने नर्सिङ इन्चार्ज इच्छा बुढाले बताएकी छिन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?