बुधबार, मंसिर ११, २०८२

जनताले राष्ट्रघातीहरूलाई निर्वाचनमा तह लाउनेछन्:चन्द्र बहादुर केसी

प्यूठान चैत्र ११ गते ।
राष्ट्रिय जनमाेर्चा झिमरूक गाउँ पालिका वडा नं ८ काे वडास्तरिय प्रशिक्षाणात्मक भेला सम्पन्न भएको छ।भेलालाई सम्बाेधन गर्दै कार्यक्रमका प्रमुख अतिथि राजमाे केन्द्रीय सल्लाहकार चन्द्र बहादुर केसीले एमसिसी जस्तो राष्ट्रघाती प्रावधान सहितको सम्झौताले देशको अस्तित्व समेत धरापमा परेको छ।नेका,एमाले र अन्यले राष्ट्रघात गरेको कुनै अनाैठाे कुरा नभएको भन्दै नेता केसीले आफुलाइ अब्बल दर्जाको क्रान्तिकारी भनेर नथाक्ने माओवादी केन्द्रले राष्ट्रघाती सन्धिमा सहमति गरेर गम्भीर राष्ट्रघातमा सामेल भएकाे भन्दै राष्ट्रघातीहरूलाइ तह लगाउने दिन फेरि आएकाेले वडास्तरबाटै तह लगाउन आव्हान गर्नु भयो ।भेलाले
चुनाव परिचालन समिति गाेपीराम भट्टराईकाे नेतृत्वमा१५ सदस्यीय व्यवस्थापन समिति र चुनाव प्रचारप्रसार टाेल अनुसार
झुक्दीटाेलमा मधु भारतीकाे संयाेजकत्वमा, देहाल्नाटाेलमा ईश्वर बस्नेत,झाला पाेखरी निमान सिह विक,टिमुरचाैर रातामाटा यमु खत्री र गब्दी,रातामाटामा बसन्त थापाकाे संयाेजकत्वमा समिति निर्माण गरेको छ।

कार्यक्रममा विशेष अतिथि झिमरूक गापा अध्यक्ष तथा राजमाे लुम्बिनी प्रदेश सदस्य तिलक जिसी,केन्द्रीय सदस्य नारायण जिसी,अनेयुसंघका केन्द्रीय सदस्य भरत ढकाल र शिक्षक संघका जिल्ला सदस्य शंकर बस्नेतले पनि प्रशिक्षणात्मक बक्तव्य दिनु भएको थियोे ।कार्यक्रमकाे अध्यक्षता राजमाे वडाध्यक्ष हुम बहादुर एम्सी,संचालन राम बहादुर महतारा र स्वागत यम बहादुर खत्रीले गर्नुभएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?