
तिलक थापा बागलुङ
राष्ट्रिय जनमाेर्चा बागलुङ नगरपालिका वडा नं. १३ पैयुपाटा बागलुङकाे निर्वाचन केन्द्रीत भेला २०७८ चैत्र ११ गते सम्पन्न भएकाे छ । भेलामा प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चा बागलुङका सदस्य लाेकनाथ शर्मा, अतिथिहरु राष्ट्रिय जनमाेर्चा बागलुङका सदस्य तथा बागलुङ नगर अध्यक्ष थानेश्वर सुवेदी, जिल्ला सदस्य याेगेन्द्र पाैडेल लगायतले मन्तब्य राख्नु भएकाे थियाे ।
भेलाले बागलुङ नगरपालिका वडा नं.१३ पैयुपाटाकाे स्थानीय निर्वाचनका लागि प्रेम राेकाकाे संयाेजकत्वमा ५ सदस्यीय निर्वाचन परिचालन समिति, तिलक बहादुर राेकाकाे संयाेजकत्वमा ५१सदस्यीय निर्वाचन प्रचारप्रसार समिति, कृष्ण प्रसाद लामिछानेकाे संयाेजकत्वमा ५ सदस्यीय अार्थिक समिति र टेक बहादुर अारसीकाे संयाेजकत्वमा १३ सदस्यीय स्वंयसेवक परिचालन समिति, प्रेम बहादुर राेकाकाे संयाेजकत्वमा भु.पु. सैनिक परिचालन समिति, तिलक बहादुर राेकाकाे संयाेजकत्वमा युवा परिचालन समिति चयन गरेकाे छ । कार्यक्रम तिलक बहादुर राेकाकाे अध्यक्षता, टेक बहादुर अारसीकाे सञ्चालन र प्रेम राेकाकाे स्वागत मन्तब्यमा सम्पन्न भएकाे थियाे ।











