
अनुज पछाई , प्यूठान । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि प्यूठानमा ९ दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ६ ठुला दलबाहेक ९ साना दलले निर्वाचनका लागि चिन्ह लिन आयोगमा दल दर्ता गराएका हुन ।
कार्यालय प्रमुख राजन श्रीवास्तवका अनुसार आयोगले दलहरूलाई निर्वाचन चिन्ह लिनका लागि यही चैत ४ गतेदेखि ६ गतेसम्म आवेदन दिनका लागि समय दिएको थियो । आयोगले तोकेको समयमा जिल्लामा रहेका ९ दलले निर्वाचन चिन्हका लागि विवरण बुझाएका छन् ।
श्रीवास्तवका अनुसार राष्ट्रिय मान्यता प्राप्त दल नेपाली कांग्रेस, नेकपा (एमाले) नेकपा (माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी ( लोसपा) ले जिल्लामा विवरण बुझाउनु नपर्ने भएकाले ९ दले चिन्ह्रका लागि विवरण बुझाएका हुन । उनीहरूको विवरण निर्वाचन आयोगमा पठाइएको उहाँको भनाई छ ।
निर्वाचन कार्यालयमा दल दर्ता गर्नेहरूमा नेकपा (माले), राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी, विबेकशिल शाझा पार्टि, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टि राप्रपा ,नेसनल मङगोलियन पार्टी,सामाजिक एकता पार्टि,नेपाली काङग्रेस विपी र जन समाजबादी पार्टि नेपाल रहेका छन् । जिल्लामा थप ९ दल संगै १५ दल दर्ता भएका हुन ।