
प्युठान । राष्ट्रिय जनमोर्चा झिमरुक गाउँपालिकाले धमाधम वडास्तरीय भेला सम्पन्न गरेको छ । गत फागुन ५ गते पालिकास्तरीय प्रशिक्षण भेला सम्पन्न गरेपछि उक्त भेलाले निर्धारण गरे अनुरुप अहिले हरेक वडाका भेलाहरु चलिरहेका छन् ।
चैत्र ११ गते पालिकाका वडा न ३,४ र ८ नम्बर वडामा प्रशिक्षणात्मक भेला सम्पन्न भएका छन् । ३ न वडाको भेला डाँडाडीमा सम्पन्न भएको छ ।
भेलालाई राजमो प्युठानका जिल्ला सदस्य तथा ५ नम्बर वडा अध्यक्ष टीका जिसि, अखिल (छैठौं) का महासचिव सुवाश जिसि, झिमरुक गाउँपालिकाका अध्यक्ष तिलक जिसि, अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष चन्द्रवहादुर केसी, वडा न ३ का अध्यक्ष मिनवहादुर खत्री, राजमो प्युठानका पूर्वउपाध्यक्ष रणवहादुर खड्का, राजमो झिमरुकका अध्यक्ष शिद्दिमान जिसि, जातीय समता समाजका प्रदेश सदस्य विनोद विक, अखिल भारत नेपाली एकता समाजका खिमबहादुर विक, अखिल (छैठौं)का जिल्ला अध्यक्ष नवीन केसी लगाएतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा अखिल नेपाल युवक संघका भरत ढकाल, राजमो नेताहरु दण्डबहादुर केसी, जगत एमसी, हरिवहादुर केसी, विरवहादुर विक, वसन्ता केसी, मन्जु एमसी, यामवहादुर जिसि, भिमवहादुर कार्की, जुमानसिंह विक, नरेन्द्रप्रसाद पोखरेल, अइन्द्र विक लगाएतका स्थानीय नेता कार्यक्रताको बाक्लो उपस्थिति रहेको थियो ।
भेलाले १६१ सदस्यीय चुनाव प्रचारप्रसार समिति घोषणा गरेको छ भने केसरजंग एमसीले आगामी कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
भेलाको अध्यक्षता तेजवहादुर खड्का, स्वागत नवराज केसी र सञ्चालन अर्जुन केसीले गर्नुभएको थियो ।
त्यसैगरी वडा न ४ को भेला बाङेमा सम्पन्न भएको छ । त्यहाँको भेलालाई राजमो लुम्बिनी प्रदेश सल्लाहकार वासु पोखरेलले सम्बोधन गर्नुभएको छ । भेलालाई अखिल नेपाल किसान महासंघका वीरवहादुर जिसि र वडा अध्यक्ष सिताराम पोखरेलले पनि सम्बोधन गर्नुभएको छ ।
भेलाको अध्यक्षता हिक्मत जिसि, स्वागत विष्णु एमसी र सञ्चालन लिमानसिंह जिसिले गर्नुभएको थियो । भेलाले १५६ सदस्यीय निर्वाचन प्रचारप्रसार समिती गठन गरेको छ ।
त्यसैगरी गत १० गते वडा न. ५ को वडा भेला सम्पन्न भएको थियो । भेलाले आसन्न स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट उठ्ने उम्मेदवारहरुलाई विजयी गराउन १५१ सदस्यीय प्रचारप्रसार समिती गठन गरेको छ ।
मच्छीमा आयोजित उक्त भेलाको प्रमुख अतिथी राजमो लुम्बिनी प्रदेशका सल्लाहकार वासुदेव पोखरेल, विषेश अतिथी अखिल (छैठौं) का महासचिव सुवाश जिसि, राजमो प्युठानका जिल्ला सदस्य तथा ५ न. वडा अध्यक्ष टीका जिसि, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका खिम वहादुर विक, झिमरुक गाउँपालिकाका उपाध्यक्ष पवित्रा जिसि, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य भरत ढकाल, राजमो झिमरुकका उपाध्यक्ष सकुन्तला जिसि, वयोवृद्ध नेता धनवहादुर जिसि, निमवहादुर विक, वडा सदस्य वसन्ता जिसि, सीमा विक लगाएतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
भेलाको अध्यक्षता किसान नेता कृष्ण श्रेष्ठ, स्वागत अइन्द्र विक तथा सञ्चालन रामवहादुर विकले गर्नुभएको थियो ।
वडा न १,२ र ७ को भेला चैत्र १२ गते साथै ६ नम्बर वडाको भेला १३ गते राखिएको झिमरुक गाउँपालिका निर्वाचन प्रचारप्रसार संयोजक सुवाश जिसिले जानकारी दिनुभएको छ ।