
तिलक थापा बागलुङ
राष्ट्रिय जनमाेर्चा काठेखाेला गाउँपालिका वडा नं. ४ तंग्राम बागलुङकाे निर्वाचन केन्द्रीत भेला २०७८ चैत्र १२ गते सम्पन्न भएकाे छ । भेलाकाे उदघाटन प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चा बागलुङका अध्यक्ष अमर थापाले दिप प्रज्वलन गरी गर्नु भएकाे थियो । कार्यक्रममा राष्ट्रिय जनमाेर्चा गण्डकी प्रदेश उपाध्यक्ष धर्म बहादुर कुँवर, गण्डकी प्रदेश सदस्य तिलक थापा, रक्तिम साँस्कृतिक परिवारका केन्द्रीय सचिव हेमराज पुन, राष्ट्रिय जनमाेर्चा बागलुङका सचिवालय सदस्य लक्ष्मण पुन, जातीय समता समाज बागलुङका सचिव टीका संगम बिक, अखिल नेपाल शिक्षक संघ काठेखाेलाका अध्यक्ष धन प्रशाद पुन, राष्ट्रिय जनमाेर्चा तंग्रामका अध्यक्ष बिष्णु कडेल, राष्ट्रिय जनमाेर्चाका कार्यकर्ता सामाजिक ब्यक्तित्व भिम सुनार लगायतले शुभकामना मन्तब्य राख्नु भएकाे थियाे ।
भेलाले काठेखाेला गाउँपालिका वडा नं.४ तंग्रामकाे स्थानीय निर्वाचनका लागि बिष्णु कँडेलकाे संयाेजकत्वमा ९ सदस्यीय निर्वाचन परिचालन समिति, थम्मन पुनकाे संयाेजकत्वमा १९ सचिवालय रहेकाे ३०१सदस्यीय निर्वाचन प्रचारप्रसार समिति, थिर बहादुर रानाकाे संयाेजकत्वमा ५ सदस्यीय अार्थिक समिति र लक्ष्मण थापाकाे संयाेजकत्वमा ११ सचिवालय रहेकाे १०१ सदस्यीय युवा परिचालन समिति, हिरा बिककाे संयाेजकत्वमा ११ सचिवालय रहेकाे १०१ सदस्यीय महिला परिचालन समिति चयन गरेकाे छ । भेलाले चैत्र १८ गते भित्र तंग्रामका विभिन्न टाेलहरुमा भेला सम्पन्न गर्ने निर्णय समेत गरेकाे छ । कार्यक्रम वडा समिति उपाध्यक्ष थिर बहादुर रानाकाे अध्यक्षता, कृष्ण बिककाे सञ्चालन र सचिव सस बहादुर बिककाे स्वागत मन्तब्यमा सम्पन्न भएकाे थियाे ।