बुधबार, भदौ २५, २०८२

कांग्रेसकाे चुनाबिरणनिती बाहिरियाे, एमाले निसानामा

काठमाडौं

पहिले जितेका सिट सुरक्षित राखेर अन्यत्र माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गर्ने कांग्रेसकाे चुनाबिरणनिती देखिएकाे छ ।

यहि याेजना अनुसार वैशाखमा हुने स्थानीय चुनावमा नेपाली कांग्रेसले सत्तारूढ पाँच दलीय गठबन्धनलाई सँगै लैजाने तयारी गरेको छ।

२०७४ सालकाे स्थानीय चुनाबमा ७५३ तहमध्ये कांग्रेसले २५३ स्थानीयतह जितेको थियो।

कांग्रेस केन्द्रीय समिति बैठकमा पनि गाउँ-गाउँमा कांग्रेसको अवस्थाबारे वस्तुगत रूपमा विवरण पेश भइरहेका छन्।

गाउँ पुगेर फर्केका अधिकांश केन्द्रीय सदस्यहरू गठबन्धन गर्ने पक्षमा देखिएका छन् तर गठबन्धन गर्ने दलहरूसँग ‘धोका नदिने गरी प्रतिवद्धता गर्न लगाउनुपर्ने’ उनीहरूले सुझाव दिएका छन्।

साथै केन्द्रीय सदस्यहरूले गठबन्धन गर्ने अधिकार स्थानीय पार्टीलाई नै दिनुपर्ने बताएका छन्।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पनि गठबन्धनलाई कायमै राखेर चुनावमा जाने मुडमा छन्। उनले गठबन्धनका दलहरूलाई उचित स्थान दिइने बताउँदै आएका छन्।

कांग्रेसले आफूले यसअघि जितेका सिट सुरक्षित राखेर बिशेष गरि नेकपा एमालेले जितेका स्थानीय तहका सिटमा गठबन्धनबाट साझा उम्मेदवार बनाउने रणनीति अख्तियार गरि छलफल अगाडि  बढाउने कांग्रेस स्रोतले जनाएको  छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?