बुधबार, भदौ २५, २०८२

राजमो राजपुरमा अगुवा कार्यकर्ता भेला सम्पन्न

दिनेश रैदास दाङ
२०७८/१२/१५

दाङ्को अत्यन्त बिकट र दुर्गम गाउँमा राष्ट्रिय जनमोर्चाको स्थानीय तह निर्वाचन भेला सम्पन्न । दाङ देउखुरी राजपुर गा.पा. बडा न.५ को बिकट महतेनिया खोलामा चैत्र १४ गते राष्ट्रिय जनमोर्चा राजपुर पालिका स्तरिय अगुवा कार्कर्ता भेला सम्पन्न भएको छ । भेलाको उद्घाटन प्रमुख अतिथि अखिल नेपाल युवक सङ्घका पुर्व केन्द्रीय अध्यक्ष काशिनाथ पोख्रेलले गर्नुभयो ।

भेलालाई दाङ जिल्ला उपाध्यक्ष महेश रिजाल , जिल्ला सदस्य रामफकिरे रैदाश , जातिय समता समाजका नेता राजकुमार बिश्वकर्मा, टेक बहाददुर डागि, नवराज शर्मा, कृष्णबहादुर के सि, दिल बहादुर घर्ती , बेमराज खनाल, सुशील बुढा, तेज बहादुर बाठा मगर, तुल्सिङ खड्का लगायतले बोल्नु भएको थियो। जस बहादुर घर्तीको सभापतित्वमा र मनकुमार रानाको सञ्चालन मा १ मिनेट सहिद प्रति मौन धारण गरि शुरु भएको भेलामा स्वागत मन्तब्य टेक बहादुर बुढा ले गर्नु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?