बुधबार, भदौ २५, २०८२

भयरहित वातावरणमा स्थानीय चुनाव गराउंछौं: गृहमन्त्री खांण

 

शंकर प्रसाद पोख्रेल गुल्मी तम्घास

‘गुल्मी उधोग वाणिज्य संघको आयोजनमा  सुरु भएको चौथो औद्योगिक प्रदसनी तथा ब्यपार मेलाको उद्घाटन गर्दै खांणले स्थानीय चुनाव भयरहित बाताबरणमा गराउने बताएकाछन । जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ आजबाट सुरु भएको गुल्मिको चौथो महोत्सवमा आफ्ना मन्तव्य राख्दै गृहमन्त्री बालकृष्ण खाडले राजनितीक गठबन्धनहरु आबस्यकताको आधारमा बन्ने गरेको बताए ,उनले बहुदलीय ब्यबस्था स्थापना कालदेखी अहिलेसम्म विभिन्न गठबन्धन बनेको उल्लेख गर्दै अहिलेको गठबन्धनको औचित्य र आवश्यकता रहेको जिकिर गरे। हेलिकप्टर मार्फत तम्घास आएका खाणले समय कम भएको भन्दै आफ्नो छोटो मन्तव्य राखेका थिए।उनले समयको पाविन्दिले गर्दा अरु बक्ताहरुको भनाइ सुन्न नसकिएको भन्दै फेरि गुल्मी आउँदा धेरै समय निकालेर आउने समेत जिकिर गरे उनलाइ आयोजकके मायाको चिनो समेत प्रदान गरेको थियो । चैथो महोत्सवमा बि भिन्न स्टलहरु प्रदसनिको लागि राखिएको छ।

उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक पाटिका जिल्ला नेताहरु , सुरक्षाकर्मीका अधिकारीहरु लगायतको अथित्या रहेको थियो।
उद्घाटन कार्यक्रम अघि विभिन्न संघ संस्था र आमासमुहहरुले स्थानीय झाकी सहित बजार परिक्रम गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?