बुधबार, भदौ २५, २०८२

प्युठानका सत्ता गठबन्धन दलहरुले चुनावी तालमेल गर्ने

प्युठान, प्युठानका सत्ता गठबन्धन दलहरुले जिल्लाका सवै स्थानिय तहहरुमा चुनाबी तालमेल गर्ने निर्णय गरेका छन ।

आज सोमबार वसेको पाच दलको बैठकले आशन्न स्थानिय तह निर्वाचनमा चुनावी गठबन्धन गर्ने निर्णय गरेका हुन।

पाँच दलको केन्द्र र प्रदेशको निर्देशन अनुसार स्थानीयस्तरमा गठबन्धनबिच आपसी समझदारी र सहकार्य साथ अघि बढ्ने बिज्ञप्ती मार्फत जनाईएको छ । संयुक्त बिज्ञप्तिमा प्युठान जिल्लाभरका गठबन्धन दलका नेता कार्यकर्ताहरूलाई आपसती तिक्तता र मनमुटाव आउने कुनै कार्य नगर्न उल्लेख गरिएको छ।

बैठकमा नेपाली कांग्रेस प्युठानका सभापती बिष्णु कुमार गिरी, नेकपा (माओवादी केन्द्र) प्युठान जिल्ला इन्चार्ज नारायण अधिकारी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष कृष्ण खड्का,नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष भोजबिक्रम बुढा मगर र जनता समाजवादी पार्टीका अध्यक्ष श्याम गहतराज सहभागी रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?