
संयुक्त अरब इमिरेट्स (युएई ) को राजधानी आबुधाबी र युएईको विश्व प्रसिद्ध महानगर दुबईमा युएई नेपाली एकता समाज अन्तरगत महिला विभाग को आयोजनमा नयाँ वर्ष 2079 सालको शुभकामना आदानप्रदान कार्यक्रम संपन्न भएका छन।
दुबई –
आज मिति 17/04/2022 का दिन युएई नेपाली एकता समाज महिला विभाग केन्द्रीय समितिको आयोजना मा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम समितिकि अध्यक्ष बिनु केसिको अध्यक्षतामा संपन्न भएको छ।समितिकी सचीव निरु शर्माले सन्चालन गर्नुभएको उक्त कार्यक्रमको प्रमुख अतिथि युएई नेपाली एकता समाजका सल्लाहकार तथा बुद्धिजीवी लेखनाथ अथिकारी हुनुहुन्थ्यो ।
कार्यक्रममा आमन्त्रित अतिथिहरुको आशनग्रहण पश्चात् उपस्थित सबैलाई समितिकि उपाध्यक्ष तथा रक्तिम विभागकी मिना घिमिरेले शव्दद्वारा स्वागत गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि लेखनाथ अधिकारीले यो नयाँ वर्षले संपूर्ण श्रमजीवी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको चेतनामा नयाँ तरंग ल्याओस र त्यो तरंगले देशको आर्थिक ,सामाजिक ,सांस्कृतिक तथा राजनैतिक फाँटमा नयाँ रंग ल्याओस भन्दै शुभकामना व्यक्त गर्नुभएको थियो।मन्तव्यको क्रममा उहाँले हामी भौतिक रूपमा धेरै टाढा हुन परेपनी देशको प्रत्येक धड्कन हाम्रो मनमुटुमा धकियको हुन्छ त्यसकारण देशमा हिउँ पर्दा यहाँ हाम्रो जिउमा काँडा उम्रीन्छ,देशमा हूरी ,बतास असिना आउँदा यहाँ हाम्रो निधारमा पसिना आउँछ,देशमा मंहगी बढ्दा यहाँ हाम्रो ढाड दोब्रीन्छ र राज्यको नितिको निति राजनिती बिग्रो भने यहाँ हाम्रो पूरै भविष्य बिग्रने भएकोले देशको राजनितीलाई गंभिर रुपले अध्यन गर्नुपर्ने आवास्यक्तमा जोड दिनुभयो ।साथै उहाँले देशको राजनैतिक ,आर्थिक तथा सामाजिक क्षेत्रमा अध्यन गर्नु एउटा असल नागरिकको कर्तव्य पनि भएकोले एकता समाजले सामाजिक कामहरुको साथमा असल नगरिकको कर्तव्य बोध गराउने एउटा विश्व विद्यालय हो भन्दै सबैलाई यो विश्व विद्यालयमा भर्ना हुन आह्वान गर्नुभयो।
कार्यक्रममा विशेष अतिथि युएई नेपाली एकता समजका सक्रिय सदस्य तथा बुद्धिजीवी किरण सापकोटा , अन्य अतिथिहरु बाग्लुङ सेवा समाजका अध्यक्ष रत्न बिक,सैनामैना सेवा समाजका अध्यक्ष केशव ढकाल ,समजसेवि नारायण घिमिरे समाजसेवी नारायण पौडेल लगाएत उषा भन्डारी,अम्बिका घिमिरे,सीता थापा,पार्वती अर्याल र कमला बस्यालले शुभकामना दिनुभएको थियो।
आबुधाबी-
यहि मिति १६/०४/२०२२का दिन युएई नेपाली एकता समाज महिला विभाग आबुधाबी क्षेत्रीय समितिको आयोजनामा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम समितिकी अध्यक्ष खिममाया तिवारिको अध्यक्ष त र युएई नेपाली एकता समाजका कार्यवाहक अध्यक्ष दिनेश थापाको प्रमुख आतिथ्यतामा संपन्न भएको छ।
समितिकी सचीव बिना तामाङले सन्चालन गर्नुभएको उक्त कार्यक्रममा अतिथि आशनग्रहण पश्चात् समितिकि उपाध्यक्ष मन्जु एडिले स्वागत गर्नुभएको थियो भने रक्तिम कलाकारहरुले गित सगित द्वारा स्वागत गरेक थिया।
कार्यक्रमका प्रमुख अतिथि दिनेश थापाले नयाँ वर्षको शुभकामना मन्तव्य राख्दै युएई नेपाली एकता समाजले युएई स्थित संपूर्ण मेहनतकश नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको बिषयमा मात्र नभई राष्ट्र र राष्ट्रियताको पक्षमा खेलेको महत्त्वपूर्ण भुमिकाको बारेमा चर्चा गर्दै यहाँ एकता समाजले गर्ने प्रत्येक गतिविधिले ,हर कार्यक्रमहरुले देशको माटोलाइनै मलिलो बनाउने भएकोले र देशलाइ आँचा आउने काम एकतसमाजले कहिले नगर्ने हुनाले निर्धक्क एकता समाजको झन्डामुनी गोलबन्ध हुन सबैलाइ आह्वान गर्नुभयो ।साथै उहाँले देशको राजनितीको बारेमा चर्चा गर्दै देशका मिहेनतकस किसान मजदुरहरुको प्रतिनिधित्व गर्ने राजनैतिक शक्तिहरुको शक्ति कमजोर हुनाले र ती शक्तिहरुलाइ दलाल माफियाहरुले बेला बेलामा तितरबितर पार्न सफल भएको र त्यसबाट पाठ सिकन ती शक्तिहरूले नसकेको कारण आजाको हाम्रो यो अवस्था हो भन्दै गरिखाने वर्गहरु र ती वर्गहरुको प्रतिनिधित्व गर्ने शक्तिहरु गंभिर हुनुपर्ने आवास्यक्तामा जोड दिनुभयो ।कार्यक्रमका अन्य अतिथिहरु युएई नेपाली एकता समाजका उपाध्यक्ष अर्जुन उपाध्याय,महासचिव टीकाराम नेपाली,केन्द्रीय सदस्य तथा रक्तिम विभागका शोब बहादुर परियार ,आबुधाबी क्षेत्रीय सदस्य अर्जुन खनाल ,क्क्षेत्रीय सदस्य तथा रक्तिम कलाकार उपेन्द्र नेपाली,एकता समाज आइकार्ड एरिया समितिका अनिल श्रेष्ठ ,समाज सेवि भक्त बाहादुर बिक,समाजसेवी .अर्जुन बिक लगाएत जुनु बिसि ,कुमारी तामाङ ,कल्पना बरुवाल,मनकला परियार,आरती श्रेष्ठ ,राजेन्द्र क्षेत्री,रामसुन्दर थारु ले शुभकामना मन्तव्य राख्नुभएको थियो।