
काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दलहरुले उम्मेदवारी दर्ता गर्ने आज अन्तिम दिन हो । तर ठूला राजनीतिक दलहरुले अझैसम्म उम्मेदवार टुंग्याउन सकेका छैनन् ।
एमालेले अधिकांश स्थानमा उम्मेदवार टुंगो लगाए पनि गठबन्धनमा आबद्ध दलबीच अझै भागबण्डामा कुरा मिलेको छैन । भागबण्डा मिलाउन पाँच दलीय गठबन्धनका अध्यक्षबीच आज ८ बजे बैठक बसेर अधिकतम सहमतिको प्रयास गर्ने सहमति भएको छ । नेपाल प्रेस बाट