
प्युठान १९ जेष्ठ
रास्ट्रिय अपाङ्ग सेवा संघ प्युठानको आयोजनामा महिला तथा किशोरीहरुको लागी मर्यादित सामग्री वितरण गरिएको छ ।
राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानको आयोजनामा आज खलंगामा भएको सामग्री वितरणको सहयोग युएनएफपिए ,सिद्धार्थ सामाजिक बिकास केन्द्र कपिलवस्तुको प्राबिधिक सहयोगमा मल्लरानि गाउँपालिका ४ न वडाका १५ जना महिला तथा किशोरी हरुका लागि मर्यादित सामाग्री बितरण गरिएको रास्ट्रिय अपाङ्ग सेवा संघ प्युठानका अध्यक्ष जुमान सिहं केसीले बताउनु भएको छ ।
आज एक कार्यक्रमका बिच वडा नं. ४ का १० जना महिला र ५ जना किशोरी गरि १५ जनालाई उनिहरुको दैनिकि सहजताको लागी प्रयोग हुने स्वास्थ्य तथा पोशाक लगायतका सामग्रीहरु प्रदान गरिएको के सी ले बताउनु भयो।
मल्लरानि गाउपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काको पविशेष उपस्थितिमा उक्त सामग्री वीतरण गरिएको हो । दलित महिला , एकल महिला, अपाङ्गता भएका महिला, सुत्केरी तथा आर्थिक रुपले विपन्न महिला तथा किशोरीहरु छनोट गरि सामान वितरण गरिएको अध्यक्ष र्राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानले जनाएको छ।
संघले मल्लरानी गाउँपालिका वडा नं. ५ खैरा ,वडा नं. ३ को धरमपानी,वाडा न ४ खलंगा, प्यूठान नगरपालिकाका लगाएत अन्य स्थानीय तहका गरि ३३ जना महिला र १५ जना किशोरी गरि ४८ जनालाई सामाग्री वितरण गरिएको अध्यक्ष केसीले जानकारी दिए ।