
भूमिकास्थानलाई नमुना नगरको रुपमा विकास गर्छु – नगरप्रमुख झविलाल थापा
जेठ २४ बुटवल । नगर क्षेत्र बाहिर रहेका नागरिकसंग समन्वय, सहकार्य र सुझावका आधारमा भूमिकास्थान नगरपालिकालाई नमुना नगरको रुपमा विकास गर्ने नगर प्रमुख झविलाल थापाले प्रतिवद्वता जनाएका छन् ।
उच्च शिक्षा, रोजगार, व्यवसाय सञ्चालन र स्थायी वा अस्थायी रुपमा बुटवल, भैरहवा, काठमाण्डौ लगायत देशका अन्य शहरमा रहेका सबैसंग सहअस्तित्व कायम गरी सहकार्य, समन्वयका साथ नगरको विकास गर्ने बताए। ![]()
भूमिकास्थान रुपन्देही सम्पर्क मञ्चले मंगलबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै नगर प्रमुख थापाले गाउं समाजको विकासमा सबैको साथ सहयोग आवश्यक छ, भने।उनले भ्रष्टाचारमुक्त नगरपालिका र शुसासन कायम भएको नगरको रुपमा भूमिकास्थानलाई विकास गर्ने दावी गरे।
चुनावको बेला मतदातासंग गरिएको प्रतिवद्वता पुरागर्ने आश्वासन दिंदै उनले भने–स्वार्थ भन्दा माथि उठेर काम गर्नेछु,सबैको साथ सहयोग र सुझाव सल्लाह चाहिन्छ नगरप्रमुख थापाले बताए।
कार्यक्रममा भूमिकास्थानका ढाकावाङ्ग, धारापानी, असुरकाेट, खिल्जी, नुवाकोट, ढिकुरा र धनचाैरका सम्पर्क मंचका अध्यक्ष तथा प्रतिनिधिहरुले आ-आफ्ना भनाइ राखेका थिए।
कार्यक्रम सम्पर्क मञ्चका संयोजक लक्ष्मण बेल्वासेको अध्यक्षता र गोपाल बञ्जाडेको सञ्चालनमा कार्यक्रम भएको हो।











