काठमाडौं ।
नेपाल छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा भारतलाई १–० ले हराउँदै नेपालले फाइनलमा स्थान बनाएको हो । योसँगै नेपालले इतिहास रचेको छ । पहिलोपटक साफ इतिहासमा भारतलाई हराउँदै फाइनल पुगेकाले नेपालले इतिहास रचेको हो ।
समग्रमा भने नेपाल पाँचौंपटक फाइनलमा प्रवेश गर्न सफल भयो । पाँचपटकको विजेता भारत भने सेमिफाइनलबाटै बाहिरिएको छ । ऊ अघिल्लो खेलमा बंगलादेशविरुद्ध ३–० ले पराजित भएको थियो । साफ इतिहासमा भारत लगातार दोस्रोपटक हारेको यो पहिलोपकट हो ।
नेपालका लागि निर्णायक गोल रश्मीकुमारी घिसिङले गरिन् । उनले पहिलो हाफको इन्ज्युरी समयमा प्रिती राईको क्रसलाई नियन्त्रणमा लिएर उत्कृष्ट गोल गरिन् । बंगलादेशमा आयोजना भएको पहिलो संस्करणको फाइनलमा नेपाल १–० ले पराजित भएको थियो । दोस्रो, तेस्रो र पाँचौं संस्करणमा क्रमशः ३–१, ६–० र ३–१ को नतिजामा हारेको थियो । चौथो साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतलाई ३–१ को नतिजा सुम्पेको थियो ।
आजै भएको पहिलो पहिलो सेमिफाइनलमा भुटानलाई ८–० गोल अन्त्रले हराउँदै बंगलादेश फाइनलमा प्रवेश गरेको छ । बंगलादेशले पहिलो हाफमा चार र दोस्रो हाफमा तीन गोल गर्यो । ऊ अपराजित रहँदै फाइनल पुग्यो । बंगलादेशले दोस्रोपटक फाइनलको यात्रा गरेको हो ।
ऊ अघिल्लोपटक सन् २०१६ को साफमा फाइनल पुगेको थियो । यद्यपि बंगलादेशले उपाधि भने जित्न सकेको छैन । योसँगै बंगलादेशले इतिहास रचेको छ । उसले हालसम्मकै फराकिलो गोल अन्तरका साथै फाइनल प्रवेश गर्दै इतिहास रचेको छ।