सोमवार, माघ २१, २०८१

गोबिन्द बहादुर घर्तीले दौडमा प्रथम स्थान हासिल गरे

 

विमल प्रसाद पोख्रेल

प्युठान नगरपालिका ७ निबासि गाेबिन्द बहादुर घर्तीले ५० मिनेटमा दाैड पूरा गरि प्रथम स्थान हासिल गर्न सफल भएका छन।दाेस्राे स्थानमा प्युठान नगरपालिका ७ का तिलक घर्ती क्षेत्रिले ५२ मिनेटमा पूरा गरेका छन भने तस्राे स्थानमा प्युठान नगरपालिका ९ का तेजबहादुर पुन ५३ मिनेटमै पूरा गरेका छन।
२६ जना खेलाडि दर्ता भएकाे दाैडमा १७ जना सहभागी भएका थिए सहभागी मध्ये १५ जना गन्तव्यमा पुगेका थिए चाैथाे स्थानमा गाैमुखि गाउपालिका १ निबासि सलिम पुनले ५५ मिनेटमा पूरा गरेका थिए।प्युठानमा पहिलाेपटक उकालाे दाैड संचालन भएकाे हाे
प्युठान नगरपालिका ७ पुण्यखाेलाबाट सुरु भएकाे दाैड ऐतिहासिक प्रयटकिय स्थान भित्रिकाेट दरबार सम्म ७ .५० किलोमिटर उकालाे रहेको प्युठान नगरपालिका ७ का वडा अध्यक्ष नेत्र के शिले बताए।
लुम्बिनी प्रदेशका आर्थिक तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले दाैडमा सहभागी सबैलाई पुरस्कार काे ब्यबस्थ आफ्नाे तर्फबाट गर्ने बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?