बिहिबार, माघ २४, २०८१

वडास्तरीय भलिबल प्रतियोगिताकाे उपाधि ओखरकाेटलाई

प्युठान झिमरुक ,नारायण जिसि , खड्ग निशान ग्रामीण विकास केन्द्रको आयोजना तथा झिमरुक गाउँपालिका ५नं वडाको आर्थिक सहयोगमा ५नं वडा स्तरीय भलिवल प्रतियाेगिता आज मच्छीमा सम्पन्न भएको छ ।
झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय प्रमुख सुवाश रिजालले रिवन काटेर उद्घाटन गर्नु भएको कार्यक्रममा सात वटा प्रतियाेगि समुहले भाग लिएका थिए।
प्रतियाेगितामा हाम्रो ओखरकाेट प्रथम ,खड्ग निशान ग्रामीण विकास केन्द्र द्वीर्तीय ,मच्छी युवा क्लव तृतीय स्थान हासिल गरेका छन।
विजयी प्रतियाेगीहरुलाई प्रथम पुरस्कार रु२०,०००/,शिल मेडल र प्रमाण पत्र,द्वितीय लाई रु१५०००/सिल,मेडल र प्रमाण पत्र र तृतीय लाई रु१०,०००/सिल,मेडल र प्रमाण पत्र विशेष अतिथि झिमरुक गाउँपालिका युवा शिक्षा तथा खेलकुद शाखा प्रमुख माेहन वि.सी.ले वितरण गर्नभएको थियोे ।
कार्यक्रममा झिमरुक गाउँपालिका ५नं वडा अध्यक्ष दधिराम पाेखरेल र जिल्ला खेलकुद विकास समितिका सदस्य दल बहादुर जि.सी.काे विशेष उपस्थिति थियाे।
खेलाडीहरुलाई हार्दिक बधाई तथा शुभकामना दिदै बिशेष अतिथि बि.सी.ले खेलले युवाहरुकाे सिर्जनात्मक , रचनात्मक ,बाैदिकता र शारीरिक विकास हुने वताउदै आगामी फागुन ५,६,र ७ गते दाेस्राे राष्ट्रपति रनिङ्ग सिल्ड हुनलागेकाे बताउनु भयाे।
आयाेजककाे तर्फबाट खेलकुद संयाेजक सुर्य जि.एम.ले निकट भविष्यमा जिल्ला स्तरीय भलिबल प्रतियाेगिताकाे आयाेजना हुन लागेकाे बताउनु भयाे।
विभिन्नसरकारी,गैरसरकारी ,सहकारी ,व्यापारी ,जनप्रतिनिधि ,लगायतकाे सहभागीता भएको कार्यक्रमकाे संचालन पितम खड्काले गर्नु भएकाे थियाे। भने रेफ्रीको जिम्मेवारी सुनिल खड्का र दिपक पुनले निभाइनुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?