
पितम खड्का प्युठान
नेपाल रेडक्रस साेसाईटी मच्छी उपशाखाकाे आयाेजनामा अन्तर्राष्ट्रिय रेडक्रस दिवस तथा जँ हेनरी ड्युनाको जन्म जयन्तीको पावन अवसरमा वैशाख२५गते(May 8 तारिख) का दिन झिमरुक गाउँपालिका स्तरीय “मानव सेवामा रेडक्रसको आवश्यकता” विषयक शीर्षकमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । उक्त कार्यक्रम प्युठानको झिमरुक गाउंपालिकाको मच्छी बजारमा भएको थियो।
प्रमुख अतिति झिमरुक गाउँपालिका शिक्षा शाखा प्रमुख शिक्षा अधिकृत माेहन वि.सी.काे प्रमुख आथित्यतामा व्यानर पढेर र हस्ताक्षर गरेर उद्घाटन गरेकाे कार्यक्रममा नाै वटा विद्यालयकाे सहभागीता थियाे।
श्री चिरायु मा. वि.की छात्रा रेजिना के.सी.ले प्रथम पुरुस्कार नगद र प्रमाण पत्र,श्री प्रभात मा.वि का श्री राम पाैड्याल द्वितीय पुरुस्कार -नगद र प्रमाण-पत्र ,लक्ष्मी मा.वि.कि एन्जिला पंथी तृतीय पुरुस्कार नगद र प्रमाण-पत्र ,गाैमुखी आवाशीय मा.वि.का सम्राट जि.सी. सान्त्वना पुरुस्कार नगद र प्रमाण ले प्राप्त गरेका
छन।
कार्यक्रममा शुभकामना मन्तव्य दिनेहरुमा बाेम बहादुर पाेखरेल ,जगत बहादुर के.सी. रामचन्द्र भण्डारी ,जानका पंथी र माेहन वि.सी. रहनु भएको थियाे।
कार्यक्रम अध्यक्षता सभापति ऋषिराम शर्माले ,निर्णायक दानबहादुर बुढाथोकी ,पितम खड्का र खडक बहादुर के.सी.ले,स्वागत भाषण वसन्ता थापाले र संचालन नारायण नारायण जि.सी. गर्नु भएकाे थियाे।