काठमाण्डाै – आईसीसी एकदिवसीय विश्व कप छनोट प्रतियोगिताअन्तर्गत नेपालले भोलि बिहीवार निकै बलियो मानिएको वेस्ट इन्डिजसँग खेल्दैछ । खेल दिउँसो पौने १ बजे जिम्बावेको हरारेमा सुरु हुनेछ ।
नेपाल र वेस्ट इन्डिज पहिलो पटक खेल्न लागेका हुन् । वेस्ट इन्डिज दुई पटकको एकदिवसीय तथा टी–ट्वान्टी विश्व कप च्याम्पियन हो । वेस्ट इन्डिजले सन् १९७५ र १९७९ मा एकदिवसीय विश्व कप जितेकाे थियाे भने २०१२ र २०१६ मा टी–२० विश्व कप जितेकाे थियाे । नेपालका लागि यो ऐतिहासिक अवसर भएको प्रशिक्षक मोन्टी देसाई र कप्तान रोहित पौडेलले बताएका छन् ।