काठमाडौं । चालु आर्थिक वर्षमा वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या ठूलो संख्यामा बढेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको असार १६ गतेसम्म वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या ७ लाख ४० हजार रहेको छ ।
अघिल्लो आर्थिक वर्षभर झन्डै ६ लाख ३० हजार जनाले नेपालबाट वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए । विभागले आर्थिक वर्ष २०५०/५१ यता वैदेशिक रोजगारीमा जानेको तथ्याङ्क अद्यावधिक गर्दै आएकामा चालु आर्थिक वर्षमा यसरी श्रम स्वीकृति लिनेको संख्या हालसम्मकै उच्च देखिएको हो