शनिबार, भदौ २८, २०८२

ललिता निवास जग्गा प्रकरण एक जना पक्राउ

काठमाडौं- ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले थप एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा समरजङ्ग कम्पनीका तत्कालीन सहलेखापाल विनोद पौडेल रहेका सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार पौडेललार्ई काठमाडौँको गोकर्ण क्षेत्रबाट पक्राउ गरिएको हो ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने अनियमितता प्रकरणमा हाल सिआइबीले सरकारी कागजात किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ ।नेपाल टेलिभिजन बाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?