शुक्रबार, भदौ २७, २०८२

यात्रुबाहक बस अनियन्त्रित भएर सडकबाट खस्दा १९ जना यात्रु घाइते

facebook sharing button

चितवनको दासढुङगा नजिकै यात्रुबाहक बस अनियन्त्रित भएर सडकबाट खस्दा १९ जना यात्रु घाइते भएका छन् । शुक्रबार विहान  करिब ५ बजेतिर कांकडभिट्टाबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश०१–००६ ख ५२३७ नम्बरको यात्रुबाहक बस आँफै अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसी रुखमा अड्किँएकाे थियाे ।

बसमा सवार चालकसहित ४० जनामध्ये १९ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ। घाइतेहरुकाे पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यलयबाट २५ जनाको उद्धार सहितको टोली खटीएको छ । अहिले बस घटनास्थलमै  छ। रुखले गर्दा ठुलो क्षती हुन नपाएकाे प्रहरीकाे भनाइ छ ।  नयाँ पत्रीका बाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?