शुक्रबार, भदौ २७, २०८२ | Friday 12th September 2025
मिटरब्याजिहरुलाइ तुरुन्तै कारबाही गर्ने विधेयक ल्याउन मसालको माग
झिमरुक पोस्ट
शुक्रबार, असार २९, २०८०
काठमाडौँ । नेकपा (मसाल) ले मिटरब्याज विरोधी विधेयक तुरन्त ल्याउन सरकारसित आग्रह गरेको छ ।
प्रवक्ता रामप्रकाश पुरीको हस्ताक्षरमा २०८० असार २९ गते शुक्रबार प्रेसवक्तव्य जारी गर्दै पार्टीले यस्तो माग गरेको हो ।
वक्तव्यमा सो विधेयक रोक्न चलखेल र दबाब बढेको बताउँदै त्यसलाई परास्त गर्र्नुपर्ने आवश्यकतामा पार्टीले जोड दिएको छ ।
त्यस्तै, वक्तव्यमा बाढीपहिरो र डुबानबाट भएको क्षतिबाट जनधनको रक्षा गर्न आवश्यक राहत र आवश्यक सबै कदम उठाउन पनि माग गरिएको छ ।
यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
“मिटरब्याजसम्बन्धी विधयेक रोक्न चलखेल र दबाब बढेको समाचार सार्वजनिक भएका छन् । मिटरब्याजीले जनतालाई गम्भीर रूपमा शोषण र आर्थिक दोहोन गरेको कुरा स्पष्ट छ । मिटरब्याजीको त्यस प्रकारको शोषण कार्यलाई सरकारले पूर्ण रूपमा रोक्नुपर्दछ र त्यसरी शोषण र दोहन गर्नेलाई कडा कारबाहीको दायरामा ल्याउनुपर्नेमा हामीले जोड दिन चाहन्छौँ ।
देशमा मिटरब्याजपीडित जनताको समस्या गम्भीर बन्न गएको छ र त्यो समस्या समाधानका लागि सरकारले उपयुक्त कानुनी व्यवस्थासहित कडा कदम उठाउनुपर्ने आवश्यकता छ । त्यो अवस्थामा मिटरब्याज पीडितलाई राहत दिलाउन ल्याउन थालिएको मिटरब्याजसम्बन्धी विधेयक आउन नदिनका लागि भएका चलखेल र दबाबलाई परास्त गर्दै सरकारले उक्त विधेयक ल्याउनुपर्नेमा हामीले जोड दिन चाहन्छौँ ।
बाढीपहिरो र डुबानबाट नेपालमा बर्सेनि ठुलो जनधनको क्षति हुने गरेको छ । वर्षा याममा पटक पटक ती घटना दोहोरिरहनुमा सरकारको पूर्वतयारी र सजकताको अभाव भएको देखिन्छ । त्यसले गर्दा देशमा ठुलो जनधनको क्षति हुने गरेको छ । उक्त जनधनको क्षति हुनबाट बचाउन आवश्यक सबै कदम उठाउन र बाढीपीडित जनतालाई आवश्यक राहत उपलब्ध गराउनका लागि हामीले सरकारसित माग गर्दछौँ ।”