शुक्रबार, भदौ २७, २०८२

साहित्य परिषद प्युठान र भानुभक्त मा बि को आयोजनामा २१० औ भानु जयन्ती मनाइयो

 

झिमरुकपोस्ट संवाददाता  प्युठान

 

साहित्य परिषद प्युठान र भानुभक्त मा बि बर्बोटको आयोजनामा २१० औ भानु जयन्ती अन्तर माध्यमिक बिद्यालय स्तरीय कविता प्रतियोगितासहित सम्पन्न भएको छ । साहित्य परिषद प्युठानका कार्यवाहक अध्यक्ष बिमला खनालको अध्यक्षता तथा स्वर्गद्वारी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख रामकृष्ण शर्माको बिशिस्ट आतिथ्यता मा सुरु भएको कार्यक्रममा बिद्यालयका प्र अ चक्रपाणी पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो । भानुभक्तको तस्बिरमा अविर माला लगाएर भानुभक्तप्रती श्रदासुमन अर्पण गरेपछि साहित्य परिषद प्युठानका कोषाध्यक्ष राजकुमारी कुवरले भानुभक्तको ब्यक्तित्व र कृतित्वको वारेमा स्पष्ट पार्नुभएको थियो । साहित्य परिषद प्युठानका सचिब ध्रुव गिरीले सन्चालन गर्नुभएको उक्त कार्यक्रम तथा प्रतियोगितामा जनकल्याण आ बि का छात्रा अन्जिता खत्री प्रथम, भानुभक्त मा बि का सन्देश जि सी दोस्रो, जनता मा बि बिजुलीका छात्रा निर्मला नेपाली तृतीय र महेन्द्र मा बि का छात्रा सोबिता बि क सान्त्वना स्थान प्राप्त गर्नुभएको थियो । सम्पुर्ण पुरस्कारको ब्यवस्थापन भानुभक्त मा बि बाट भएको थियो भने प्रमाणपत्र परिषदबाट भएको थियो । सुमन सुबेदी, लिला पुन , नारायण पाण्डे , रामप्रसाद पोख्रेल, ध्रुव गिरी लगायतका साहित्यप्रेमी महानुभाव तथा विद्यार्थीहरुबाट कविता वाचन भएको थियो । उक्त अवसरमा लुम्बिनी वाङ्मय प्रतिस्ठान प्युठान शाखाको मुखपत्र सिर्जना समेत बिमोचन गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?