शुक्रबार, भदौ २७, २०८२

नेपाल एयरलाइन्सले एकै वर्षमा तिर्‍यो करिब ४ अर्ब ऋण

 

काठमाडौँ -नेपाल एयरलाइन्सले एकै वर्षमा सावाँ र ब्याज गरी पौने ४ अर्ब रुपैयाँ ऋण तिरेको छ। नेपाल एयरलाइन्सले आर्थिक वर्ष २०७९/८० मा सावाँ र ब्याज गरी ३ अर्ब ७७ करोड ३७ लाख रुपैँयाँ ऋण भुक्तानी गरेको हो।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार नेपाल एयरलाइन्सले दुई न्यारोबडी र दुई वाइडबडी जहाज किन्न ल्याएको ऋणमध्ये अघिल्लो आर्थिक वर्षको अन्त्यमा ८३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ तिरेको हो।

यसअघि निगमले २०७९ असारदेखि २०७९ चैतसम्म २ अर्ब ९४ करोड २८ लाख ६५ हजार सावाँ/ब्याज भुक्तानीमा खर्च गरेको थियो । त्यस्तै निगमले आफ्नै स्रोतबाट ३ वटा नयाँ जहाज दुर्गममा उडाउने गरी खरिद प्रक्रिया अगाडि बढाएको पनि पौडेलले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?