शुक्रबार, भदौ २७, २०८२

लालटिन बहुउद्देश्यीय सहकारी उत्कृष्ट रक्तदाताको रूपमा सम्मानित आज ५१ युनिट रगत संकलन

 

शंकर प्रसाद पोख्रेल ,रुपन्देही,बुटवल

लालटिन बहुउद्देश्यीय सहकारी संस्थाले आज २१ औं  रक्तदान  कार्यक्रम सम्पन्न गरेको छ।

लालटिन बहुउद्देश्यीय सहकारीले नियमित रुपमा गर्दै आएको रक्तदान कार्यक्रम अन्तर्गत आज  शनिवार गरिएको रक्तदान कार्यक्रममा ५१युनिट रगत संकलन भएको लालटिन  सहकारीका अध्यक्ष गंगा सापकोटाले जानकारी गराए ।

सामाजिक सेवामा टेवा पुर्याउन र रुपन्देहीमा रगतको कमी हुन नदिने मूल उद्देश्यले ३/३ महिनामा नियमित रुपमा रक्तदान कार्यक्रम लालटिन बहुउद्देश्यीय सहकारीले गर्दै आएको अध्यक्ष सापकोटाले बताए।

जिल्ला रेडक्रस शाखा रुपन्देही, रक्त संचार केन्द्र बुटवल र इकाई सिद्दार्थनगरबाट आयोजना हुने सम्मान कार्यक्रममा लालटिन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पुन यो पटकपनी उत्कृस्ट रक्तदाता भई सम्मानित भयको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?