शुक्रबार, भदौ २७, २०८२

महिला बिभागको आयोजनामा संयुक्त प्रशिक्षण कार्यक्रम वापिमा सम्पन

-बिन बहादुर रेग्मी, भारत
(झिम्रुक पोस्ट सम्बाददाता)
गुजरात,
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दमन,सिलवासा,वापि पुर्व र वापि पस्चिम नगर महिला बिभागको आयोजनामा संयुक्त प्रशिक्षण कार्यक्रम वापिमा सम्पन भएको छ।
दिनांक 02/ 08/2023 को दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पस्चिम दमन,सिलवासा, वापि पुर्व र वापि पस्चिम नगर महिला बिभागको आयोजनामा भएको संयुक्त प्रशिक्षण कार्यक्रमको अध्यक्षता वापि पस्चिम नगर महिला बिभाग संयोजक लक्ष्मी ले गर्नु भयको थियो ,पुतली  कुँवर को सञ्चालनमा अगाडि बढेको कार्यक्रममा शोभा धामीले शब्द स्वागत मन्तव्य राख्नु भएको थियो र प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य सरिता जि सि रहनु भयको थियो भने बिषेश उपस्थितिमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य गोविंद बहादुर थापा रहनु भयको थियो अन्य अतिथिमा मूल प्रवाह केन्द्रीय सदस्य रमकला काउछा, केन्द्रीय वैकल्पिक सदस्य कृष्ण कुंवर, श्रीधर शर्मा , वापि पस्चिम नगर अध्यक्ष निखिल रावत , दमन नगर अध्यक्ष सेर बहादुर बिक , क्षत्रिय सदस्य देवेन्द्र रावल, महिला बिभाग केन्द्रीय सदस्य विना काउछा, पस्चिम भारत महिला बिभाग संयोजक विष्णु माया शर्माले अतिथि आशन ग्रहण गर्नु भयको थियो। देशको समसामयिक राजनीतिक विषयमा प्रशिक्षण दिँदै प्रमुख अतिथि सरिता जी सि ले भन्नु भयो, देशमा जनताले चाहेको राजनैतिक परिवर्तन आएकै छैन। मुट्ठीभर दलाल नोकरशाहीकाे हातमा सत्ताको बागडोर छ, देशमा रोजगारी छैन, काम र मामकै लागि आज भारत प्रवासमा लाखौ लाख नेपालीहरू आउने जाने गरेको र दिन प्रतिदिन त्यो संख्या बढ्दै गएको छ। देश विकासको लागि आवस्यक पर्ने जनशक्ति यसरी खेर गइरहेको छ,पहिले पुरूषहरु मात्र आउने गरेकोमा अहिले महिला दिदी बहिनीहरूको पनि बाक्लो आवत जावत र भारतमा बसोबास रहेको र महिला दिदी बहिनीहरू बिभिन्न खाले घटनामा पर्ने गरेको र दिन प्रतिदिन समस्याहरु बढ्दै जान थालेको जर्जर भयाबहको स्थिति छ।यस्ता विकराल समस्याहरू समाधान गर्न सम्पूर्ण महिला दिदीबहिनीहरू लाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा आबद्ध हुन सुझाव दिनु भयो। आधा धर्ती र आधा आकाश ओगटेका महिलाहरु राजनैतिक रूपमा सचेत र संगठित नभए सम्म राजनैतिक आमूल परिवर्तन सम्भव छैन। महिला मुक्ति आन्दोलनमा सफलता पाउन पनि पुरुष सँग हातमा हात काधमा काध मिलाएर वर्गीय मुक्ति आन्दोलनमा सक्रिय हुनुको विकल्प छैन भन्दा तालीको गडगडाहटले कार्यक्रममा उत्साह थपिएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?