केशर सुनार
१८ साउन,बिजुवार।प्यूठानमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ।जिल्लाको झिम्रुक गाउँपालिका-६ चिचिण्डेका ५४ वर्षीय धनबहादुर पुनको बिहिवार पालिकाकै वडा नं-५ चुधारामा मृत्यु भएको हो।मलामी गएर फर्किने क्रममा मकै बाली जोगाउन बदेलको लागि बारीमा थापिएको करेन्टमा परि पुन मगरको ज्यान गएको हो।
पुनको शबलाई आज जिल्ला अस्पताल प्यूठानबाट पोस्टमार्टम गरि मच्छी घाटमा अन्तिम दाहसंस्कार भैरहेको वडा अध्यक्ष धनबहादुर पुन मगरले बताउनुभयो।
मृतक पुनले वडा नं-५ मा अर्कैको बारीमा खेतीपाती उब्जनी गर्दै आउनुभएको र वडा नं-६ चिचिण्डेमा स्थायी बसोबास गर्दै आउनुभएको अध्यक्ष पुन मगरले जनाउनुभयो।