
-विन बहादुर रेग्मी,भारत
(झिम्रुक पोस्ट सम्बाददाता)
मूल प्रवाह अखील भारत नेपाली एकता समाज तारापुर नगर समिती महिला बिभाग को आयोजनामा प्रशिक्षण कार्यक्रम तारापुरमा सम्पन भयको छ
दिनांक 3 /08/2023को मूल प्रवाह अखील भारत नेपाली एकता समाज तारापुर नगर महिला बिभागको आयोजनामा भयको प्रशिक्षण कार्यक्रमको अध्यक्षता मध्यपश्चिम भारत क्षेत्रीय महिला बिभाग संयोजक रेनुका कुवरले गर्नु भयको थियो र प्रमुख अतिथि राष्टीय जनमोर्चा केन्द्रीय सदस्य सरिता जि सि रहनु भयको थियो भने बिषेश उपस्थिति मुलप्रवाह अखील भारत नेपाली एकता समाज केन्द्रीय सदस्य गोविंद बहादुर थापा रहनु भयको थियो अन्य अतिथिमा मुलप्रवाह केन्द्रीय सदस्य टंक कुवर रक्तिम बिभाग केन्द्रिय सदस्य बोम सिंजापती मुल प्रवाह मध्यपश्चिम भारत क्षेत्रीय सदस्य लेखनाथ पान्डेय तारापुर नगर अध्यक्ष खडक राई अतिथि आशन ग्रहण गर्नु भयको थियो। कार्यक्रमको संन्चालन तारापुर नगर समिती सचिब कपिलदेब पान्डेय ज्युले गर्नु भएको थियो । प्रशिक्षण कार्यक्रममा बोल्दै प्रमुख अतिथि सरिता जी सि ले भन्नु भयो, आधा आकाश र आधा धर्ती ओगटेका महिलाहरु राजनैतिक लैंगिक विभेदमा परेका छन, देश भित्र बेरोजगारी मौलाएको छ।आज रोजी-रोटी को लागि भारत प्रवास मा लाखौ लाख नेपालीहरू आउने जाने गरेको र पहिले पुरूषहरु मात्र आउने गरेको मा अहिले महिला दिदी बहिनी हरू को पनि बाक्लो आवत जावत र भारत मा बसो बास रहे को र महिला दिदी बहिनी हरू। बिभिन्न खाले घटनामा पर्ने गरेको र दिन प्रतिदिन समस्या हरु बढ्दै गएको यस्ता समस्या हरू समाधान गर्न सम्पूर्ण महिला दिदी बहिनी हरू ले एकता समाज मा आबद्ध हुन सुझाव दिनु भयो।महिलाहरूका समस्याको समाधान पनि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले मात्रै गर्न सक्ने बताउनु भयो।
नोट :- (तारापुर बाट टंक कुँवर समाचारको लागि। उहाँ मूल प्रवाह अखिल भारत नेपाली एकता समाज का केन्द्रीय सदस्य हुनुहुन्छ।)