शुक्रबार, भदौ २७, २०८२

“भोपालमा महिला विभाग प्रशिक्षण सम्पन्न “

 

– बिन बहादुर रेग्मी, भारत
(झिम्रुक पोस्ट सम्बाददाता)

भोपाल,
मूल प्रवाह अखील भारत नेपाली एकता समाज भोपाल नगर समिति महिला बिभागको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भयको छ। कार्यक्रम संचालन महिला विभागकी सचीव सरिता थापाबाट भएको थियोे भने अध्यक्षता प्रेमा शर्मा जि ले गर्नु भयो। स्वागत मन्तव्य लक्ष्मी रोका मगरले दिनु भएको थियोे।राष्ट्रीय जनमोर्चा केन्द्रीय समिति सदस्य सरिता जी :सी प्रमुख अतिथि रहनु भयको थियो विषेश अतिथिमा मूल प्रवाह केन्द्रीय सदस्य भिम थापा,ताल बहादुर खड्का , मध्येभारत क्षेत्रबाट नारायण सापकोटा , सोनू थापा , अर्जुन जि एम अतिथि रहनु भयको थियो। प्रशिक्षण कार्यक्रम अगाडि बढाउने कर्ममा प्रमुख अतिथि सरिता जी :सी ले रोजी-रोटी को लागि लाखौ लाख महिला हरु भारत मा रोजगारी गर्दै जीविकोपार्जन गरि रहेको र हजारौ महिलाहरू हत्या हिन्सा बलात्कार को सिकार हुने गरेको र आफ्नै घर-परिवार बाट पनि बिभिन्न खाले घरेलू हिन्सामा पर्ने गरेको हुदा यस्ता खाले घटना हरू घट्न नदिन सम्पूर्ण महिला दिदी बहिनी हरू ले मूल प्रवाह अखील भारत नेपाली एकता समाज सँग जोडिन हुन शुझाव दिनु को साथै महिला हरु ले भोग्दै आयका बिभिन्न खाले कुप्रथा हरू लाई सबै मिलेर जरै देखी निर्मुल पार्नु पर्ने र आवश्यकता परेमा महिला मुक्ती आन्दोलन को लागि पनि तयारी हुनु पर्ने र सधै महिला हरु ले चुलो चौकों मा मात्रै सिमित नभयर खुल्ला आकास मा स्वतन्त्र भएर अघि बढ्न सम्पूर्ण महिला दिदी बहिनीहरूलाई शुझाव दिनु भयको थियो । कार्यक्रमका भोपाल महिला विभाग को तर्फबाट प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य सरिता जि सी ज्यू लाई दोसल्ला ओढाएर स्वागत सम्मान स्वागत गरिएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?