
-बिन बहादुर रेग्मी, सुरत
( झिम्रुक पोस्ट सम्बाददाता)
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत महिला विभागको आयोजना हुन लागेको नेपाली महिलाहरुको तीजि कार्यक्रममा मूल प्रवाह सुरत नगर समितिको ऐक्यबद्धता जनाउँदै आगामी 17 /9/2023 मा हुन गहिरहेको नेपाली महिला हरुको महान चाड हरितालिका तिजलाई सफल पार्न दिनांक 6/8/2023 आईतबारका दिन एक भव्य भेला सम्पन्न गरेको समाचार छ।मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रिय सचिव वेद बहादुर कार्की को उपस्थितिमा ,क्षेत्रीय सचिवालय सदस्य ध्रुब राज न्यौपाने,सुरत नगर अध्यक्ष किसोर ताम्राकार ,उपाध्यक्ष प्रकाश जनाला,सचिव टंक शाह, कोषाध्यक्ष पुर्ण विक ,सदस्य भिम साउद को उपस्थितिमा महिला विभाग नगर संयोजक सान्ति तिरुवाको अध्यक्षता नगर समिति सदस्य सबिना कुँवरको संचालनमा प्रगतिशील तरिकाले सम्पन्न पार्नको लागि 40 सदस्य तैयारी समिति गठन गरेको छ।कार्यक्रम सुरत सहरको चिरपरिचीत बराछारोड स्थिति सरदार पटेल स्मृति भवनमा रक्तिम कलाकारहरुको बेजोड प्रस्तुती सहित सम्पन्न हुने भएकोले सुरतमा बस्नुहुने नेपाली दिदीबहिनीहरु तथा दाजुभाइलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।
कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय महासचिव प्रेम पौडेल को दमदार सम्बोधन हुने विषेश सूत्रबाट समाचार प्राप्त भएको छ। रक्तिम कलाकारहरु करन गिरी, सागर रेग्मी, कुसुम कुँवर र रचना श्रेष्ठ को अभिनय रहने छ।