शुक्रबार, भदौ २७, २०८२

सल्यानमा छोराले गरे आमाको हत्या ,

२३ साउन, सल्यान । सल्यानमा आमाको हत्या गरेको अभियोगमा प्रहरीले एक युवकलाई प्रकाउ गरेको छ ।

पक्राउ पर्नेमा शारदा नगरपालिका-१३ माथिल्लो सल्यानचौर बस्ने २३ वर्षीय नवीन भण्डारी रहेका छन् । भण्डारीलाई प्रहरीले मंगलबार घरबाटै पक्राउ गरेको हो ।

उनले एक्कासी आफूलाई देउता चढेको भन्दै कोठामा गई पैँयाको लठ्ठीले टाउकोमा प्रहार गर्दा ४८ वर्षीया आमा शारदा भण्डारीको मृत्यु भएको अस्थायी प्रहरी पोष्ट स्यानीखालबाट खटिएको प्रहरीले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?