शुक्रबार, भदौ २७, २०८२ | Friday 12th September 2025
आत्मनिर्भर अर्थतन्त्रको लागि अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङले ज्ञापन पत्र बुझाउने
झिमरुक पोस्ट
मङ्लबार, साउन २३, २०८०
अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ । त्यसअन्तर्गत एकैदिन सङ्घको केन्द्रीय समितिले प्रधानमन्त्रीलाई र जिल्ला समितिले प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने छ ।
सरकारले देशमा देखा परेको आर्थिक सङ्कटलाई व्यवस्थापन गर्न नसकेको भन्दै राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको पक्षमा सो ज्ञापनपत्र बुझाउन थालिएको हो ।
अध्यक्ष ढुण्डिराज शर्माको हस्ताक्षरमा २०८० साउन २३ गते मङ्गलबार जारी प्रेसवक्तव्यमा सो जानकारी दिइएको छ ।
“देशमा विद्यमान आर्थिक सङ्कटलाई व्यवस्थापन गर्न सरकारले प्रभावकारी कार्यक्रम ल्याउन नसकेको चिन्ता व्यक्त गर्दै यसको मारमा साना तथा मझौला व्यवसायीहरू मारमा परेको हुँदा सरकारलाई आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिँदै’ वक्तव्यमा अगाडि भनिएको छ– “खस्कदो अर्थतन्त्रको सुधार र हाल अप्ठ्यारोमा परेका व्यवसायीको हकहितमा तुरुन्तै कार्यक्रम ल्याउन जोड दिँदै प्रत्येक जिल्ला तथा केन्द्रीय सदस्य रहेका जिल्लाहरूले प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई एउटै मिति र समयसहित जिल्लालाई ज्ञापन पठाइने छ ।’
त्यस्तै, वक्तव्यमा उद्योग व्यापार सङ्घको पहलमा स्थापना गरिएको नेसनल मल्टिप्रपोज इन्भेस्टमेन्ट कम्पनी (एन.एम.आई.सी.) प्रालि गठन भएको जानकारी दिँदै त्यसको पक्षमा व्यापक प्रचार प्रचार गरी लगानी जुटाउने योजना रहेको उल्लेख छ ।
सङ्घका महासचिव ढाकाराम पौडेलका अनुसार सो कम्पनीले बर्दियाको बढैयाताल गाउँपालिकामा दस बिगाह जमिन खरिद गरी उत्पादन प्रक्रिया सुरु गरेको पनि जानकारी दिनुभयो ।
‘उद्योगको क्षेत्रमा दलाल पुँजीपतिको वर्चस्व कमजोर पार्दै राष्ट्रिय अर्थतन्त्रको पक्षमा योगदान गर्न यो कम्पनी स्थापना गरिएको हो’ महासचिव पौडेलले भन्नुभयो ।