
शंकर प्रसाद पोख्रेल ,रुपन्देही बुटवल ,,
सम्पुर्ण आदिबासी जनजातिहरु एक हौं,प्रतिगमन तथा साम्राज्यवादि सक्तिहरुको विरुद्ध संघर्ष गरौं , धरमनिरिपक्षताको रक्षा गरौं ,भन्ने मुल नाराका साथ अखिल नेपाल जनजाती सम्मेलन जिल्ला समिती रुपन्देहीको आयोजनामा विश्व आदिबासी दिबस मनाइएको हो।
कार्यक्रमका प्रमुख अथिती अखिल नेपाल जनजाति सम्मेलनका कार्यबाहक महासचिव उसा पुन रहनुभएको थियो।
अन्य अथितिहरुमा अखिल नेपाल किसान महासंघ केन्द्रिय उपाध्यक्ष चन्द्र बहादुर केसी ,कम्युनिष्ट संग्राहलयका अध्यक्ष चेतनाथ आचार्य ,नेकपा मसाल जिल्ला प्रबक्ता लाल चन्द पन्त,राजमो रुपन्देही जिल्ला अध्यक्ष टान बहादुर केसी ,अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रिय सदस्य नर बहादुर घर्ती,,केहर सिंह पुन,राजमो जिल्ला सचिब कृस्न प्रसाद पोख्रेल ,राजमो प्रदेस कार्यलय सचिब भिमलाल न्यौपाने , बुटवल उपमहानगरपालिकाका अध्यक्ष पदम प्रसाद श्रेष्ठ ,समात समाज जिल्ला अध्यक्ष दिल प्रसाद नेपाली ,अखिल नेपाल जनजाती सम्मेलन जिल्ला नि बर्तमान अध्यक्ष बिमल श्रीस लगायतको अथित्या रहेको थियो।
कार्यक्रमको अध्यक्षता अखिल नेपाल जनजाती सम्मेलनका जिल्ला अध्यक्ष नारायण पुन ,स्वागत भासण उपाध्यक्ष हरि राहाडी ,संचालन जिल्ला सचिब नगेन्द्रराज श्रीनेतले गर्नुभएको थियो।