शुक्रबार, भदौ २७, २०८२

धनगढीको मेरी स्टोपमा गर्भपतन गराउन जाँदा एक महिलाको मृत्यु

 

कैलालीको धनगढी उपमहानगरपालिकामा रहेको एक क्लिनिकले जथाभावी औषधि खुवाउँदा एक महिलाले ज्यान गुमाएकी छिन् । अस्पताल लाइनमा रहेको मेरी स्टोप सामुदायिक क्लिनिकमा गर्भपतन गराउन गएकी धनगढी १२ जुगेडाकी ३५ वर्षीया महिलाको मृत्यु भएको हो ।

कैलाली प्रहरीका अनुसार बिहीबार बिहान गर्भपतन गर्न गएकी उनलाई क्लिनिकले औषधि दिएको थियो । औषधि सेवनपछि उच्च रक्तस्राव भएपछि महिलालाई सेती अस्पताल लगिएको थियो । त्यहाँ उनको उपचारकै क्रममा मृत्यु भएको बताइएको छ।

घटनापछि क्लिनिक सञ्चालक गोदावरी नगरपालिका २ बस्ने २५ वर्षीय विनोद जोशी र उनकी पत्नी २२ वर्षीया आशिका ओझा फरार छन् । उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?