
साउन,२८,
प्युठान
जुमान सिंह के सी
नेपाल शिक्षक महासंघ प्युठानले राष्ट्रिय घोषित कार्यक्रम अन्तरगत जिल्ला स्थित सबै स्थानीय तहमाआइतबार धर्ना तथा ज्ञापनपत्र पेश गरेको छ।
हालै सार्वजनिक भएको शिक्षा ऐन २०८० मा शिक्षा तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघ बिच भएका ३० बुधे र ५१ बुधे सहमतिहरु उचित ढंगले समाबेश नगरीएको भन्दै महासंघ देश ब्यापीरुपमा आन्दोलन शुरु गरेको छ।
ट्रेड युनियन अधिकार तथा पेसागत अधिकार समेतको खिलापहुने गरि ऐन आएको साथै सबै तह र प्रकारका शिक्षक कर्मचारीको माग बमोजिम नरहेको कारण आन्दोलनमा उत्रनु परेको नेपाल शिक्षक महासंघ प्युठानका अध्यक्ष शेर बहादुर थापाले जानकारी दिनु भएको छ।
पहिलो चरणको कार्यक्रममा गाउँ तथा नगर पालिकामा धर्ना, शिक्षा तथा समन्वय इकाईमा धर्ना, प्रदेश सामाजिक बिकास मन्त्रालयमा धर्ना, साम्सदहरुलाई जानकारी तथा पक्षकारण, केन्द्र केन्द्रमा पक्षकरण गर्ने कार्यक्रम रहेकोछ जसमा सरकार, राजनैतिक दल, दलका सचेतकहरु संग छलफल गर्ने कार्यक्रम तय भएको नेपाल शिक्षक महासंघका केन्द्रिय सदस्य चक्रपाणी पौडेलले बताउनु भयो। “उहाँले सरकारले शिक्षकहरुका जाहेज मागलाई पटकपटक धोका दिने गरेको भन्दै तत्काल सहमति कार्यनयन गरेर ईमानदार बन्न सरकारलाई आग्रह गर्नु भएको छ”।
उहाँले भन्नुभयो ऐन आउने कुरा स्वागतयोग्य भए पनि समेट्नु पर्ने बिषय/ मुद्दाहरू छुटाउने कुरा पूर्णतः गलत छ , अहिले ऐन जस्ताको तस्तै कुनैपनि हालतमा पास गर्न मिल्दैन”।
उहाँले पहिलो चरणको कार्यक्रमबाट सरकारले माग सम्बोधन नगरे दोस्रो चरणको आन्दोलन काठमाडौंमा देश भरीका शिक्षक कर्मचारी सहभागी भइ व्यापक बिरोध प्रदशन गर्ने योजना रहेको बताउनु भएको छ।