शुक्रबार, भदौ २७, २०८२ | Friday 12th September 2025
महिला विभागको आयोजनामा हिसारमा प्रशिक्षण कार्यक्रम सम्पन्न
झिमरुक पोस्ट
सोमवार, साउन २९, २०८०
खिमराज चालिसे, चंडिगढ ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सरिता जिसीले छोरीलाई पनि छोरासरह पैत्रिक सम्पत्तिमा समान हक दिनुपर्ने बताउनुभएको छ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूर पश्चिमोत्तर क्षेत्रीय समितीद्वारा सञ्चालित महिला विभागको आयोजनामा हिसारमा सम्पन्न प्रशिक्षण कार्यक्रमलाई प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै नेत्री जिसीले सो कुरा बताउनुभएको हो ।
जिसीले भन्नुभयो, ‘पैत्रिक सम्पत्तिमा जबसम्म छोराछोरीलाई समान हक हुँदैन तबसम्म छोरीहरुलाई सम्मानका साथ बाँच्ने आँट आउँदैन ।’
उहाँले राष्ट्रिय जनमोर्चा र अखिल नेपाल महिला संघले छोरीलाई पैत्रिक सम्पत्तिमा समान अधिकार प्राप्त गर्नका लागि लगातार संघर्ष गरेको पनि स्मरण गर्नुभयो ।
नेत्री जिसीले घर परिवार र समाजलाई सु–सज्जित पार्न छोरीहरुले पनि अनिवार्यरुपमा पढ्नुपर्ने बताउनुभयो ।
उहाँले एकता समाजको गौरवमय संगठनले नेपालको वामपन्थी आन्दोलनमा महत्वपूर्ण भूमिका निभाउँदै आएको उल्लेख गर्दै भारतस्थित मजदुर महिलाहरुका लागि एकता समाजको झन् ठूलो महत्व रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथी मूल प्रवाहका केन्द्रीय सचिवालय सदस्य धनवीर पुनसहित केन्द्रीय वैकल्पिक सदस्य तारा सोमरे, महिला विभाग केन्द्रीय सदस्य शुष्मा खड्का, कानून व्यवसायी संघका केन्द्रीय सदस्य प्रतिभा रोका, मूल प्रवाह नगर अध्यक्ष बाबुराम पोख्रेल, भिवानी नगरका मोहन सिंह, रोहतक नगरका रेशम विक लगाएत नेताहरुको आथित्यता रहेको थियो।
सीता पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सीता ज्ञवाली र स्वागत उर्मीला कोपिलाले गर्नु भएको थियो।