शुक्रबार, भदौ २७, २०८२

कम बेरुजुको दोस्रो स्थानमा बरेङ,वार्षिक समिक्षा कार्यक्रम सम्पन्न

बागलुङको बरेङ गाउँपालिकाको आर्थिक वर्ष २०७९÷०८० को वार्षिक समिक्षा कार्यक्रम मगलबर सम्पन्न भएको छ ।

गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पालिका भरिका जनप्रतिनिधि, पालिकाका कर्मचारी तथा पत्रकार लगायतको उपस्थितिमा भएको कार्यक्रममा पालिकाका शाखा प्रमुखहरुबाट वार्षिक योजना तथा कार्यक्रमहरुको प्रगति बिवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा शिक्षा शाखा प्रमुख सुर्य प्रसाद शर्मा, स्वास्थ प्रमुख पदम बहादुर पुन, लेखा शाखा प्रमुख संगिता शर्मा, पुर्वाधार बिकास सब ईन्जिनियर अनक आचार्य, प्रधानमन्त्री रोजगार शाखा संयोजक केशव राज क्षेत्री, बरेङ गाउँपालिका लघु उद्यम सहजकर्ता सुरेन्द्र राना मगर, कृषि तथा पशु शाखा प्रमुख सोमराज रावत, वडा सचीवहरुको तर्फबाट वडा नं. २ का वडा सचीव याम बहादुर थापाले ५ वटै वडाको गतवर्ष २०७९÷०८० को योजना तथा कार्यक्रमको प्रगति बिवरण प्रस्तुत गरेका थिए ।

समिक्षा कार्यक्रममा पालिकाभरिका योजना तथा कार्यक्रमहरुको नागरिकहरुको गुनासोहरु माथी छलफल गरि आगामी दिनमा गुनासो समाधान गर्ने गरि आ–आफ्नो पदबाट भुमिका निर्वाह गर्न समिक्षा गरिएको छ ।

समिक्षामा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जित बहादुर रानाले गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी बीचको आन्तरिक सहकार्यमा मात्र पालिकाको बिकास हुने बताएका छन । आ–आफ्नो पदमा रहि जिम्मा अनुसारको काम आत्मसात गर्दै सेवा गरेमा पालिकालाई जिल्लामा नमूना कै रूपमा प्रस्तुत हुन पामलिका सफल हुने उनले बताएका छन् ।

त्यस्तै बागलुङ जिल्लामा आार्थिक वर्ष २०७८÷०७९ मा कम बेरुजु आउनेमा दोस्रो स्थानमा बरेङ गाउँपालिका रहेको पनि जानकारी दिएका छन् । कार्य सम्पादनमा आधारित वित्तिय समानीकरण अनुदान प्राप्त गर्ने पालिकाहरुमा प्रथम स्थान, स्थानीय तह क्षमता मूल्याङ्नमा चौथो स्थान र स्थानीय तहको स्थानीय सुशासन जोखिम मूल्याङ्न प्रणालीमा जिलला मै दोस्रो स्थानमा पालिका रहेको पनि प्रमुख प्रशासकीय अधिकृत रानाले समिक्षामा जानकारी गराएका थिए ।

कार्यक्रममा पालिका उपाध्यक्ष दिलिप कुमार पुनले अपाङ्गहरुको वर्गिकरणमा पुरानो वर्गिकरणलाई स्थानीय सरकारले संसोधन गराउन सकिने बताएका छन् । कसैको भनसुनमा वर्गिकरणमा फरक नपारिने उनले बताए ।

अध्यक्ष शर्माले योजनाहरु सफलता पुर्वक सम्पन्न भए पनि वडाहरुबाट सधैं घाटा नै भएको गुनासो आउने गरेकोले यो परम्परा जस्तै भएको गुनासो गरेका छ्न ।

कार्यक्रम गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षता, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जित बहादुर रानाको स्वागत र शिक्षा शाखा प्रमुख सुर्य प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?