शुक्रबार, भदौ २७, २०८२

भारतलाई पत्र लेख्दै सरकारले माग्यो चिनी, चामल र धान

 

सरकारले आउँदै गरेको दशैं र तिहारलाई लक्षित गरेर भारतसँग चिनी, चामल र धान माग गरेको छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारत सरकारलाई पत्र लेखेर चिनी, चामल र धान मागेको हो।मन्त्रालयका सह–सचिव रामचन्द्र तिवारीले भने “मन्त्रालयले भारतसँग चिनी, चामल र धान माग गरेर पत्र पठाएको छ । ५० हजार हजार टन चिनी, एक लाख टन चामल र १० लाख टन धान माग गरिएको छ । भारतले चामल प्रतिबन्ध लगाउँदा अप्ठारो पारेका देशलाई दिने भनेको छ । त्यसैले पनि हामीले माग गरे अनुसारको चिनी, चामल र धान पाउने छौं ।” भारतले केही समय अघि बासमती बाहेकको चामल निर्यातामा प्रतिबन्ध लगाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?