शुक्रबार, भदौ २७, २०८२

कम्युनिस्ट घोषणापत्र र सान्दर्भिकता

हस्तबहादुर केसी
सन् १८४८ फेब्रुअरी १२ तारिखका दिन वैज्ञानिक साम्यवादका प्रवर्तक कार्ल माक्र्स र पे्रmडरिक एंगेल्सद्वारा लिखित कम्युनिस्ट घोषणापत्र लण्डनबाट जारी भएको थियो । यो विश्वविख्यात कम्युनिस्ट घोषणापत्र प्रकाशनसँगै विश्वसर्वहारा वर्गको मुक्तिको सैद्धान्तिक मार्गदर्शक सिद्धान्त बन्यो ।
माक्र्स–एंगेल्सद्वारा विश्वविख्यात कम्युनिस्ट घोषणापत्र लण्डनबाट जारी हुने वित्तिकै त्यसले ठूलो क्रान्ति ल्यायो । विश्वराजनीतिको रंग मञ्चमा हलचल पैदा गरि दियो । यस विषयमा स्वयम् माक्र्सले भन्नु भएको छ । “युरोपमा एउटा हाउ घुमफिर गरिरहेको छ– साम्यवादको हाउ । यस हाउलाई धपाउन भनेर पोप र जार, मेटर्निख र गीजो, फ्रेन्च उग्रवादी र जर्मन पुलिस अर्थात् पुरानो युरोपका सारा सत्ताधारीहरू एक भएका छन् ।
कुन यस्तो विरोधी पार्टी छ जसलाई सत्ताधारीहरूले कम्युनिस्ट भनी बद्नाम नगरेको होस् ? कुन यस्तो विरोधी पार्टी छ जसले आफूभन्दा धेरै प्रगतिशील विरोधी पार्टीहरूलाई र आफ्ना प्रतिक्रियावादी विरोधीहरूलाई समेत कम्युनिस्ट भएको घृणित आरोप नलगाएको होस् ?
तथ्यबाट दुई कुरा प्रष्ट हुन्छ । युरोपका सारा सत्ताधारीहरूले साम्यवादलाई अब एक शक्ति मानिसकेका छन् । अब कम्युनिस्टहरूले सम्पूर्ण संसारको अगाडि आफ्ना विचारहरू, आफ्ना उद्देश्यहरू, आफ्ना प्रयासहरू खुलस्त बताउनुपरेको छ र साम्यवादको हाउसम्बन्धी दन्त्यकथाको सट्टामा पार्टीको आफ्नो घोषणापत्र प्रस्तुत गर्नुपरेको छ ।”
– कार्ल माक्र्स– फ्रेडरिक एंगेल्स, संकलित रचनाएं (हिन्दी) तीन खण्डोंमे, खण्ड १, भाग १, पृष्ठ १२९, प्रगति प्रकाशन मास्को ।
अतः १७० वर्ष पछि पनि यस कम्युनिस्ट घोषणापत्रको महत्व र सान्दर्भिकता अरु बढेर गएको छ ।
सन् १८४२ मा जर्मन आप्रवासीहरूले न्यायिक लिगको गठन गरेका थिए । तात्कालिन न्यायिक लिग कम्युनिस्ट लिगमा बदलिएपछि सन् १८४७ को नोभेम्बरमा कम्युनिस्ट लिगको जेनेभामा दोस्रो महाधिवेशन सम्पन्न भयो । त्यस महाधिवेशनले कार्ल माक्र्स र पे्रmडरिक एंगेल्सलाई कम्युनिस्ट घोषणापत्रको मस्यौदा लेख्ने जिम्मा सुम्प्यो । एक वर्ष लगाएर माक्र्स–एंगेल्सले कम्युनिस्ट घोषणापत्रको मस्यौदा तयार पार्न भयो र सन् १८४८ फेब्रुअरी १२ तारिखका दिन लण्डनबाट प्रकाशित गर्नु भयो । अर्थात पहिलो पटक कम्युनिस्ट घोषणापत्रको प्रकाशन सन् १८४८ फेब्रुअरी १२ भएको थियो । संसारका सबैजसो भाषामा प्रकाशित भएको कम्युनिस्ट घोषणापत्र वैज्ञानिक साम्यवादको पहिलो र महत्वपूर्ण सैद्धान्तिक दस्तावेज हो ।
कम्युनिस्ट घोषणापत्रमा चार अध्याय रहेका छन् ः पहिलो अध्यायमा पँुजीपति र सर्वहारामा समाजविकासको नियमका आधारमा एक प्रकारको उत्पादनपद्धतिको अन्त्य भएर अर्को किसिमको उत्पादनपद्धति हुनु अत्यन्त स्वाभाविक प्रक्रिया हो । हालसम्मको मानवजातिको इतिहास आदिम साम्यवादलाई छाडेर वर्गसंघर्षको इतिहास हो । यसैका आधारमा पँुजीवादको पतन भएर समाजवाद या साम्यवादमा पुग्नु अनिवार्य छ भन्ने रहेको छ । दोस्रो अध्यायमा सर्वहारा र कम्युनिस्ट आजको युगमा सबभन्दा प्रगतिशील उत्पादनशक्ति मजदुरवर्ग हो र कम्युनिस्ट तिनै सर्वहारा मजदुरवर्गको सबभन्दा संघर्षशील समुदाय हो । यसको सांगठनिक शक्तिले उनीहरूको युगान्तकारी परिवर्तनमा सबभन्दा महत्वपूर्ण नेतृत्व प्रदान गर्न सक्छ । कम्युनिस्टहरूको तत्कालीन लक्ष्य पँुजीपतिवर्गको सत्ता पल्टाएर सर्वहारावर्गको राजनीतिक सत्ता कायम गर्नुपर्छ भन्ने विचार रहेको छ । तेस्रो अध्यायमा समाजवाद र कम्युनिस्ट साहित्यमा केन्द्रित समाजवादको नाममा देखापरेको विभिन्न किसिमका काल्पनिक तथा टूटपूँजिया विचारधाराहरूको खण्डन गरिएको छ । चौथो अध्यायमा विभिन्न विरोधी पार्टीहरू र कम्युनिस्टहरूको स्थितिबारे कार्यनीतिक समीक्षा गरिएको छ । कम्युनिस्टहरू एक दलमा मात्र विश्वास गर्छन् भन्ने कम्युनिस्ट विरोधीहरूले लगाउने लान्छनाको खण्डन भएको छ । कम्युनिस्ट पार्टी आफ्नो स्थिति मजबुत गर्न नसकेको ठाउँमा राष्ट्रवादी प्रगतिशील शक्तिहरूसँग सम्बन्ध मजबुत गर्न नसकेको ठाउँमा राष्ट्रवादी प्रगतिशील शक्तिहरूसँग सम्बन्ध कायम गर्न सक्छ । तर आफ्नो स्थिति बलियो भएको ठाउँमा समाजको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने वर्णन गरिएको छ । अन्त्यमा “सर्वहारा वर्गसँग गुमाउनका लागि सिक्री बाहेक केही छैन, जीत्नका लागि सारा संसार छ” भन्दै “दुनियाँका मजदूरहरू एक हौं” भन्ने आह्वान गरिएको छ । र, दुनियाँका मजदुरहरू एक होऔं भन्ने नाराका साथ समाप्त भएको छ ।
विश्वसर्वहारावर्गका महान् नेता भ्लादिमिर इल्यिच लेनिनले टिप्पणी गर्दै लेख्नु भएको छ, – “यो सानो पुस्तिका सम्पूर्ण ग्रन्थहरूको बराबर छ, त्यसको आत्माले सभ्य संसारका समस्त संगठित र संघर्षशील सर्वहाराहरूलाई प्रेरणा दिइरहेको छ र उनीहरूको प्रथप्रदर्शन गरिरहेको छ ।” लेनिनको उक्त भनाई बढि सान्दर्भिक छ ।
यो कुरा प्रस्ट छ कि कम्युनिस्ट घोषणापत्र माक्र्स–एंगेल्सद्वारा अनुसन्धान गरिएको द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादको संशलेषणको दस्तावेज हो ।
माक्र्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । यहानेर स्पष्ट हुनु पर्ने कुरा के छ भने माक्र्सवाद पुँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको वैज्ञानिक तथा क्रान्तिकारी विचार हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्गसंघर्ष तथा इतिहासमा बलप्रयोगको भूमिका र वैज्ञानिक समाजवाद तथा साम्यवाद माक्र्सवादका आधारभूत मान्यता हुन् ।
लेनिनले माक्र्सवादबारे संशलेषण गर्दै भन्नु भएको छ, – “माक्र्सवाद भनेको माक्र्सका विचार र उनका शिक्षाको व्यवस्थित श्रृंखला हो । माक्र्सवादको निर्माण दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका तीन संघटक तत्वहरूको संशलेषणबाट भएको छ ।”
यहाँनेर सुस्पष्ट हुनु पर्ने अर्को महत्वपूर्ण कुरा के पनि हो भने माक्र्सको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । यो दर्शनको सिद्धान्त भौतिकवाद हो ।
प्रत्येक दर्शन वर्ग दर्शन रहने कुरा माक्र्सवादी दर्शनको सम्बन्धमा पनि लागु रहन्छ । माक्र्सवादी दर्शन पनि एउटा वर्ग दर्शन हो, सर्वहारा वर्गको दर्शन हो, तर त्यो अन्य दर्शनहरू झै अल्पसंख्यकहरूको, शोषकहरूको दर्शन नभएर बहुसंख्यकहरूको, सर्वहाराहरूको दर्शन हो । यसलाई स्टालिनले “माक्र्सवादी–लेनिनवादी पार्टीको विश्वदृष्टिकोण” को रूपमा परिभाषित गर्नु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?