नदीमाथि पुगेर केबलकारमा रातभर फसे बालबालिका,हेलिकप्टर द्वारा गरियो उद्घार
झिमरुक पोस्ट
बुधबार, भदौ ६, २०८०
काठमाडौं । पाकिस्तानमा विद्यालय जान केबलकार चढेका ६ जना बालबालिका रातभर फसेका छन् ।
बिशाल नदीमाथिको आकाशमा मंगलबार केबलकार अड्किएपछि ८ बालबालिका फसेका थिए । उनीहरुमध्ये दुई जनाको हिजै उद्धार भएपनि ६ जनाको आज बिहानमात्रै उद्धार भएको छ ।
ती विद्यार्थीहरू १० देखि १५ वर्षका छन्। तीमध्ये एक जना अचेत भएको स्थानीयलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
पाकिस्तानको आन्तरिक मामिला मन्त्रालयले केबलकारसँगै अड्किएका दुई बालकहरूलाई रात पर्नुअघि नै हेलिकप्टरबाट उद्धार गरिएको जनाएको छ । बाँकीलाई जिप लाइनबाट मध्यरातसम्म उद्धार गरिएको बताइएको छ।
पाकिस्तानको सेनाले जिप लाइनका विज्ञहरू लगेर केबलकारमा अड्किएकाहरूको उद्धार सुरू गरेको थियो।
ती बालबालिका विद्यालय जान केबलकार चढेका थिए। तर एउटा तार चुँडिएपछि उक्त केबलकार जमिनभन्दा ९०० फिटमाथि १५ घण्टाभन्दा बढी झुन्डिएको थियो।
अल्लाई उपत्यकामा स्थानीय समयानुसार बिहान ७ बजेतिर यो घटना भएको हो।
आकाशमा केबलकार झुन्डिएको देखेपछि स्थानीय बासिन्दाहरूले माइकबाट सरकारी अधिकारीहरूलाई सूचित गरेका थिए।
छतबिनाको उक्त केबलकार अहिले एउटा तारको भरमा मात्र झुन्डिएको स्थानीय उद्धार अधिकारीले बताए।